मँगलबारदेखि जनकपुरमा पनि ७ दिने कर्फ्यू
जनकपुरको चोक चोक र गल्ली गल्लीमा प्रहरी तैनाथ गरिने जनाइएको छ ।

२०७७ साउन १८ आइतबार, दिउँसो ४:३८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले आउँदो मँगलबारदेखि जनकपुरमा कर्फ्यू (निषेधाज्ञा) लगायने निर्णय गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम राज भट्टराईले न्यूज ब्यूरोसँगको कुराकानीमा भोली सोमबार राती १२ बजे (मँगलबार) देखि कर्फ्यू लगाउने निर्णय गरिएको हो ।
विपद व्यवस्थापन समिति धनुषा र स्थानीय प्रशासनको आईतबार (आज) बसेको बैठकबाट जनकपुरमा ७ दिने (एक हप्ता) को लागि कर्फ्यू लगाउने निर्णय गरिएको हो । आसपासका जिल्लाहरुमा समेत कोरोना समुदाय स्तरमा पुगीसकेको भन्दै सँक्रमण न्यून गर्नको लागि कर्फ्यू लगाउने निर्णय गरिएको छ ।
सो अवधीमा अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गरिने भएको छ । औषधीको ढुवानी गाडी, खानेपानी, दुध, एम्बुलेन्सहरु बाहेक अन्य कुनै सवारी साधन चल्न नदिइने भएको छ ।
निषेधाज्ञा अवधी भर जनकपुरको चोक चोक र गल्ली गल्लीमा प्रहरी तैनाथ गरिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…