बीरगँजमा थप एक कोरोना सँक्रमितको मृत्यू !
मृत महिलाको शव हालसम्म अस्पतालमै रहेको अस्पतालको प्रशासन शाखाका विष्णु पटेलले बताए ।

२०७७ साउन १७ शनिबार, बेलुकी ५:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बीरगँज । प्रदेश नं. २ को बीरगँजमा थप एक कोरोना सँक्रमितको मृत्यू भएको छ । आज (शनिबार) उपचारको क्रममा मृत्यू भएकी महिलाको मृत्यू कोरोनाले भएको बताइएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. १६ बस्ने अन्दाजी बर्ष ५१ की ती महिलालाई उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यू भएको हो । उनको रिपोर्टमा कोरोना देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ड मदन कुमार उपाध्याले जनाएका छन् ।
उपाध्यायका अनुसार नारायणी वयोधा अस्पताल उपचाररत महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो । महिलाको मृत्यु शुक्रबार बिहान १० बजेको करिवमा मृत्यु भएको थियो ।
महिलाको मृत्यू हुनु अघि नै कोरोनाको शङ्का लागेर उनको स्वाब परिक्षणका लागि नारायणी अस्पतालको पिसीआर ल्याबमा पठाईएको थियो । ल्याबमा उनको स्वाबको नमुना परीक्षणपछि शुक्रबार राती नै रिपोर्ट पोजिटिभ आएपछि कोरोनाले मृत्यू भएको पुष्टि गरिएको हो ।
मृतक महिला निमोनिया र श्वासप्रस्वासको समस्या आएपछि बुधबार नारायणी वयोधा अस्पतालमा भर्ना गरिएको थियो । शुक्रवार विहान उनलाई श्वासप्रस्वासमा थप समस्या भएपछी आइसीयुमा भर्ना गरेर उपचार गर्दागर्दै मृत्यु भएको हो ।
मृत महिलाको शव हालसम्म अस्पतालमै रहेको अस्पतालको प्रशासन शाखाका विष्णु पटेलले बताए । उनले महिलाको उपचार गर्दा प्रयोग भएको वार्डलाई शिल गरेर सेनीटाइज गर्ने काम भइरहेको र उपचारमा संलग्न सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अस्पताल भित्रै व्यवस्था गरिएको क्वारेन्टिनमा राखिएको जानकारी दिए ।
वीरगञ्जमा हालसम्म कोरोना सङ्क्रमणबाट ११ व्यक्तिको मृत्यु भएको हो । जसमा रौतहटका १, बाराका २ र एक भारतीय रहेका छन् । श्रावन यता ९ जनाको मृत्यु कोरोनाबाट भएको डा. उपाध्यायले भने ।
यद्यपी, स्वास्थय तथा जनसँख्या मन्त्रालयले यस मृत्यूको तथ्याँक अधिकारिक वेभसाईटमा शनिबार साँझ ५ः३० सम्म अपडेट नगरिएको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…