प्रदेश २ को बारामा अनिश्चिकालिन कर्फ्यू !
भारतसँग जोडिएका सीमा नाकाहरुमा आवात जावत पूर्णमा रुपमा बन्द गर्ने निर्णय

२०७७ साउन १६ शुक्रबार, राति ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । कोरोनाको महामारी समुदाय स्तरसम्म पुग्न थालेपछि बारा जिल्लामा अनिश्चितकालिन कर्फ्यू लगाउने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार एक सूचना जारी गर्दै आइतबार बिहानदेखि अनिश्चितकालिन कर्फ्यू लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बढी भिडभाड हुने स्थान तोकेर अर्को सूचना नआएसम्म कर्फ्यू जारी रहने बताएका छन् ।
शुक्रबार (आज) साँझ न्यूज ब्यूरोसँग कुराकानी गर्दै सिडिओ पण्डितले निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवामा संलगन रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यालयहरु बन्द गरिने बताए ।
निषेधित क्षेत्रभित्र कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु जस्तै की, विवाह, व्रतवन्ध, भोजभतेर, सामुहिक पूजाआजा, नाचगान गर्न प्रतिवन्ध लगाइएको छ । यस्तै छिमेकी मुलुक भारतसँग जोडिएका सीमा नाकाहरुमा आवात जावत पूर्णमा रुपमा बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ ।
छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत दैनिक संक्रमितको संख्या बढ्दै गएकोले स्थान निर्धारण गरेर आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिने बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया(वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको छ ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…