भोलीदेखि बिराटनगरमा अघोषित लकडाउन हुन्छ : सिडिओ निरौला
अन्य कुनै पनि सवारी साधन र आम नागरिकको चहलपहलमा पूर्ण रोक लगाउने सहमति भएको हो ।

२०७७ साउन १६ शुक्रबार, बेलुकी ५:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बिराटनगर । विराटनगरमा मोटो सँख्यामा कोरोना सँक्रमितको सँख्या बढेपछि जिल्ला प्रशासन कार्यालय मोरँगले अघोषित तर कडा लकडाउन गर्ने निर्णय गरेको छ ।
अद्यौगिक क्षेत्र मानिएको बिराटनगरमा कोरोनाको महामारी समुदाय स्तरसम्म पुगेको भन्दै यहाँको उद्योगी, व्यापारी, व्यावासी, सरोकारबालाहरुसँगको छलफल र सहमतिमो भोली (शनिबार) देखि कडा लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिएका छन् ।
निरौलाका अनुसार, कोरोनाको महामारीलाई मध्यनजर गर्दै लकडाउनको निर्णय नभएपनि विराटनगर महानगरपालिकाभित्र मानिसहरुको आवतजावत, सवारी आवतजावतमा पूर्णतः रोक लगाउने सहमति भएको हो ।
उनले भने,–“सरकारले लकडाउन खुलाइसकेको अवस्थामा लकडाउन गर्ने कुरै भएन, यसलाई लकडाउनकै रुपमा लिनुपर्छ तर लकडाउन नै चाही होइन् । कडाई मात्र गरिने भएको छ । जस्तै सवारी साधानको आवतजावत, मानिसहरुको आवतजावत, कार्यालय खुल्ने, उद्योग, पसल खुल्ने कुराहरुमा अत्यन्तै कडाई गरिने छ ।”
औषधी सहित अति आवश्यकका सवारी बाहेक अन्य कुनै पनि सवारी साधन र आम नागरिकको चहलपहलमा पूर्ण रोक लगाउने सहमति भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…