धनुषाको जनकनन्दिनी गाउँपालिकालाई ७ दिने अल्टिमेटम
कोरोना रोकथामको नाममा लाखौं रुपैयाँको झवाम्म पारेको हुन सक्ने अनुमान रहेको बताइएको छ ।

२०७७ साउन १६ शुक्रबार, दिउँसो १:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकालाई स्थानीय युवाहरुले सार्वजनिक हितको सूचना माग राखी ७ दिने अल्मिेटम दिएको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरीमा रहेको कार्यालयमा जनता समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले कार्य विवरण माग गर्दै अल्टिमेटम दिएको छ ।
उनीहरुले गत आर्थिक वर्ष २०७६ ०७७ मा भएको कार्य, कार्य विवरण, कार्य प्रगति तथा योजनाहरुको बारेमा सार्वजनिक सूचना माग गरेको हो । सूचनाको हक प्रयोग गरी उनीहरुले विहिबार गाउँपालिका अन्तर्गत भएको विभिन्न विकास निर्माणका कार्यहरुको विवरण माग गरेको हो ।
यसका साथै उनीहरुले गाउँपालिकाको कार्यालयद्धारा १ वर्षभित्र भएको खर्च विवरण, विभिन्न शिर्षकको खर्च विवरण, कामको विवरण, नयाँ कर्मचारी भर्ना बारे जानकारी तथा कार्यालय मा भएको बजेटको विवरण माग गरेको हो । सूचना माग गर्दा सूचना अधिकारीले ७ दिनभित्र सूचना उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ । बढीमा १५ दिनसम्म सूचना उपलब्ध गराउने प्रावधान छ ।

सोही क्रममा उनीहरुले गाउँपालिका जस्तो सरकारी निकायमा देशका झण्डा नै नरहेको अवस्थामा उनीहरुले झण्डाको पनि व्यवस्था मिलाइदिएका छन् । स्थानीय सरकार गठनको ३ वर्षपछि पनि कार्यालयमा देशको झण्डा नराख्नु लज्जास्पद भएको स्थानीय विनोद मण्डलले बताए ।
मण्डलका अनुसार, गाउँपालिका कार्यालयमा देशको झण्डा नदेखेपछि आफूहरु झण्डा समेत लगाइदिएको बताए । न्यूज ब्यूरोसँगको कुराकानीको क्रममा मण्डलले ७ दिनभित्र तथ्याँक, सूचना उपलब्ध नगराए अगाडीको प्रक्रियामा जाने चेतावनी समेत दिए ।
कोरोना रोकथामको नाममा लाखौं रुपैयाँको झवाम्म पारेको हुन सक्ने अनुमान रहेको बताइएको छ । यसका साथै, राहत वितरण, योजनाहरुमा समेत मोटो कमिशन खाएको आशंका जनाउँदै सम्पूर्ण थोकको विवरण उपलब्ध नगराए कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको हो ।
उनीहरुले तोकिएको समयभित्र सूचना उपलब्ध नगराए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राष्ट्रसेवक कर्मचारी सहित जनप्रतिनीधहरु विरुद्ध समेत मुद्दा प्रक्रियामा जाने चेतावनी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…