बीरगँजः कोरोनाबाट जगदम्बा ईन्टरप्राईजेजका अधिकृतको मृत्यू !
वीरगञ्जमा बिहिबार मात्र ३ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

२०७७ साउन १६ शुक्रबार, बिहान ९:४५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, बीरगँज । वीरगञ्जमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो हफ्तादेखि वीरगञ्जस्थित नारायणी अस्पतालको मातहातमा रहेको गण्डक अस्थायी कोभिड हस्पिटलमा उपचाररत ५६ वर्षीय पुरुषको सङ्क्रमणबाट मृत्यु भएको हो ।
मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगञ्जका कार्यकारी अधिकृत रहेका छन् । उनको गएराती उपचारको क्रममा मृत्यु भएको गण्डक अस्थायी अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहलाई उदृत गर्दै बीरगँजबाट प्रकाशित हुने यात्राडेलीको अनलाइन सँस्करणमा समाचार प्रकाशित भएको छ ।
‘श्रावन ७ गतेदेखि अस्पतालमा कोरोना सङ्क्रमणको उपचार गराई रहेका उनको बिहिबार अचानक अवस्था गम्भीर भएपछी दिउँसोदेखि अक्सिजन सपोर्टमा राखेर उपचार गर्दै थियौं,’ डा। उदय नारायण सिंहले भने, ‘राति उनको अवस्था झन् बिग्रिदै गएपछि भेन्टिलेटरमा राख्नु पर्यो, तरपनि उनलाई हामीले बचाउँन सकेनौं ।’
मृत्यु भएका पुरुष भारतीय नागरिक हुन् । कोरोनरी धम्नीका विरामी उनको मुटुको बाइपास सर्जरी समेत भएक थियो । उनको शव अस्पतालमै रहेको डा। उदय नारायण सिंहले जानकारी दिए । शव व्यस्थापनको जिम्मा नेपाली सेनालाई लगाइएको उनले बताए ।
वीरगञ्जमा बिहिबार मात्र ३ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…