कमला नदीको छर्की नाजुक बन्दै, नेपाली सेना र मेयर बरबरियाको टोली बाँधमा !
कमला नदीको यहाँको तटबन्ध भत्किए कैयौँ गाउँ विस्थापित हुने अवस्था सृजना भएको छ ।

२०७७ साउन १४ बुधबार, बेलुकी ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अबिरल बर्षाका कारण धनुषा र सिरहाको बीचमा रहेको कमला नदीमा बहाब उच्च हुँदै जाँदा स्थानीय जनप्रतिनीधि र प्रशासन तथा सुरक्षा निकाय चनाखो भएका छन् ।
सोही क्रममा धनुषाको कमला नगरपालिका वडा नं. ७ हथमुण्डा र हरिने सामुन्ने कमला नदीको तटबन्ध कमजोर हुँदै गएको भन्दै नेपाली सेना सहितको टोली अहिले बाँधलाई बलियो बनाउन खटेका छन् ।
धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु सम्मलित टोली बाँध कमजोर भएको स्थानमा बाँध बलियो बनाउने कार्य जारी राखेको बताएका छन् ।
कमला तटबन्धमा रहेको टकला हरिने भनिने ठाउँमा कमला नदीको उच्च बहाबले तटबन्धलाई कमजोर बनाउँदै भत्काउने अवस्थामा पुगेपछि मेयर बरबरियाले एक टोली तयार पार्दै बाँधमा बोरामा बालुवा भरेर पुर्ने कार्य जारी राखेको बताएका छन् ।

४१ जना नेपाली सेना सहित शसस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले युद्धस्तरमा बाँध बलियो बनाउने कार्यमा लागेको बताएका छन् । ईलाका प्रहरी कार्यालय यदुकूहाको टोली, सशस्त्र प्रहरी यदुकूहा र सशस्त्र प्रहरी दुबरकोट हथलेटवाको सँयुक्त टोलीले बाँधमा निगरानी बढाएको बताएका छन् ।
शहिदनगर नगरपालिकाबाट ५०० बढी बोराको व्यवस्था गरिएको जनाउँदै बाँध नाजुक बनेको ठाउँमा बोरामा बालुवा हालेर पुर्ने कार्य अझै जारी राखेको बताइएको छ । कमला नदीको यहाँको तटबन्ध भत्किए कैयौँ गाउँ विस्थापित हुने अवस्था सृजना भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…