मधेश भवनमा पनि पस्यो कोरोना !
पछिल्लो २४ घण्टामा प्रदेश नं. २ मा कुल ६१ जनामा कोरोना सँक्रमण देखिएको हो ।

२०७७ साउन १४ बुधबार, बेलुकी ६:०१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय राखिएको जनकपुर चुरोट कारखाना लिमिटेड अर्थात मधेश भवनमा पनि कोरोना सँक्रमण देखिएको छ ।
मधेश भवनमा रहेको समाजिक विकास मन्त्रालयको दुई कर्मचारीमा आज कोरोना सँक्रमण पुष्टि भएको हो । धनुषा जिल्लामा आज (बुधबार) १२ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ जसमा २ जना मधेश भवनको रहेको जनाइएको छ ।
प्रदेश नं. २ का स्वास्थ्य निर्देशनालयका प्रशासक (फोकल पर्सन) विजय झाले दिएको जानकारी अनुसार, पछिल्लो २४ घण्टामा प्रदेश नं. २ मा कुल ६१ जनामा कोरोना सँक्रमण देखिएको हो । सबभन्दा कम सर्लाही र सप्तरी तथा सबभन्दा बढी पर्सामा भेटाएको हो ।
झाका अनुसार, धनुषामा १२ जना, महोत्तरीमा १३ जना, पर्सामा ३४ जना तथा सप्तरी र सर्लाहीमा १–१ जनामा कोरोना सँक्रमण देखिएको हो ।
धनुषामा जनकपुरधाम उमहानगरपालिका वडा नं. १, ६, ७, ९ र १० का २ जना महिला र ३ पुरुष छन् भने धनुषाकै मघौराका ३ जना पुरुष, नगराइन नगरपालिका वडा नंं ३ का १ जना पुरुष र समाजिक विकास मन्त्रालयका २ जना कर्मचारी रहेको निर्देशनालयले जनाएको छ।
संक्रमण पुष्टि भएका मध्ये पर्साको वीरगञ्ज महानगरपालिका वडा नंं ५, ११, १२ र ३२ का २ महिला र ५ पुरुष छन्। यस्तै वीरगञ्ज कारागारमा ११ जना पुरुष, श्रीपुर आर्मी ब्यारेकका १ जना आर्मी, नारायणी अस्पतालका १ जना कर्मचारी छन्।
यस्तै महोत्तरीको रणभीमगण प्रकौली ब्यारेकका १० जना नेपाली सेना, जलेश्वर नगरपालिका वडा नं. २ का १ जना, कोल्हुवा बगिया र बल्वा नगरपालिकामा २ जना छन् ।
त्यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका १ जना कर्मचारी, सर्लाहीको बागमती नगरपालिकाका १ जना महिला रहेको जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…