जनकपुरः कोरोनाबाट मृतकको सम्पर्कमा ११७ जना, सबैको घर सेनिटाइज !
मेयर बरबरियाका अनुसार, उनको सम्पर्कमा आएका ११७ जनाको स्वाब परीक्षण गरिने छ ।

२०७७ साउन १३ मंगलबार, दिउँसो १:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत आईतबार कोरोना सँक्रमणबाट मृत्यू भएका धनुषाको कमला नगरपालिका वडा नं. ८ टेढामोडका पुरुषको सम्पर्कमा १ सय १७ जनालाई ट्रयास गरिएको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरिया चोकमा पसल थाप्दै आएका ३८ बर्षिय पुरुषको कोरोनाले मृत्यू भएपछि सिँगो चोकलाई सेनिटाइन गरिएको हो ।
शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरपालिकाको स्वासथ्य टोली सहित स्वास्थ्य कार्यालय सहितको विशेषज्ञ टोलीले आज विहानैदेखि गरेको कन्याक्ट ट्रयासिँगको क्रममा १ सय १७ जना मृतकको सम्पर्कमा आएको बुझिएको छ ।
विहानैदेखि कन्टयाक्ट ट्रयासिँगमा खटेका मेयर बरबरियाले विशेषज्ञको टोलीले निकाले १ सय १७ जनाको नाम अनुसार डुमरिया चोकलाई सेनिटाईज सहित उनको घर छिमेकको घरलाई पनि सेनिटाईज गरिएको हो ।
मेयर बरबरियाका अनुसार, उनको सम्पर्कमा आएका ११७ जनाको स्वाब परीक्षण गरिने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…