धनुषाको कमला नगरपालिकाको कोरोना लक्षण भएको व्यक्तिको मृत्यू !
प्रादेशिक अस्पताल जनकपुरको अनुसार मृतकको शरिरमा कोरोना भाइरसको लक्षण देखिएको थियो ।

२०७७ साउन ११ आइतबार, राति ८:४० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा कोरोनाको लक्षण भएको एक व्यक्तिको आज मृत्यू भएको छ । धनुषाको कमला नगरपालिका वडा नं. ८ टेढामोडका एक पुरुषको मृत्यू भएको हो ।
केही दिनदेखि उनलाई जनकपुरको कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । आज (आईतबार) उनको स्वास्थ्य अवस्था अत्यन्तै बिग्रेपछि थप उपचारको लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यू भएको जनाइएको छ ।
प्रादेशिक अस्पताल जनकपुरको अनुसार मृतकको शरिरमा कोरोना भाइरसको लक्षण देखिएको थियो । उनलाई रुघाखोकी, ज्वरो जस्ता लक्षणहरु देखिएको थियो भने सोही पश्चात उनलाई आईशोलेसनमा राखेर उपचार भइरहेको थियो ।
कमला नगरपालिका वडा नं. ८ घर भई नजिकै रहेको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरियाचोकमा उनी पसल थाप्दै आएका थिए । यद्यपी, स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले कोरोनाबाटै उनको मृत्यू भएको पुष्टि अझै गरेको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…