प्रदेश २ : एक कोरोना शंकास्पद विरामीको मृत्यू, रिपोर्ट आउन बाँकी !
उनमा कोरोना भाइरसको लक्षण देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

२०७७ साउन ९ शुक्रबार, बेलुकी ६:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को पर्सा जिल्लाको वीरगँजमा आज (शुक्रबार) विहान एक कोरोना सँक्रमितको मृत्यू भएको केही घण्टापछि थप एक कोरोना शंकास्पद व्यक्तिको मृत्यू भएको छ ।
वीरगञ्ज परवानीपुर निवासी बर्ष ३५ की एक महिलाको मृत्यको भएको हो । उनलाई कोरोना लागेको शंका गरिएपनि अहिलेसम्म अस्पतालले त्यसको पुष्टि भने गरेको छैन् ।
गएराती कोरोनोको सङ्का लागेर उक्त महिलालाई गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको अस्पतालका संयोजक डा. उदय नारायण सिंहले बताए ।
उनमा कोरोना भाइरसको लक्षण देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिदै गएपछि आईसियुमा राखेर उपचार भईरहेकोमा शुक्रबार अपरान्ह निधन भएको हो ।
मृतक महिलाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागी नारायणी अस्पतालको प्रयोगशाला पठाइएको डा. सिंहले जानकारी दिए । परीक्षणको रिपोर्ट नआएसम्म कोरोनोबाट नै मृत्यु भएको हो भनेर नभन्न सकिने उनले बताए ।
गण्डक अस्पतालमा हाल ४७ जना आइसोलेशनमा छन्। त्यसमध्ये तीनजना आइसियूमा छन्। आइसियूमा रहेका तीनमध्ये एकजनाको अवस्था निकै गम्भीर छ ।
नेपालमा अहिलेसम्म सरकारी तथ्याँक अनुसार कोरोनाबाट मृत्यू हुनेको सँख्या ४४ पुगेको छ । अहिलेसम्म ३ लाख ३५ लाख ५३ जनाको पिसिआर परीक्षणको क्रममा १८ हजार ३ सय ७४ जनामा कोरोना पोजिटिभ केस देखिएको छ ।
सो मध्ये १२ हजार ९ सय ४७ जना निको पनि भएका छन् भने ४४ जनाको मृत्यू पुष्टि गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…