बीरगँज सहित पर्सामा पनि 'कर्फ्यू' लगाउने तयारी
न्यूज ब्यूरो, वीरगँज । कोरोना भाइरसको सँक्रमण फैलिदै गएपछि नेपालकै प्रमुख आर्थिक नगरी बीरगँज सहित पर्सा जिल्लाभरि नै कर्फ्यू (निषेधाज्ञा) लगाउने तयारी गरिएको छ । पर्सा कोभिड १९ कमाण्ड पोष्टको बैठकमा निषेधाज्ञा लगाउने विषयमा छलफल भइरहेको जनाइएको छ । समुदायमा कोरोना भाइरसको सँक्रमण फैलिएको र त्यसलाई अ

२०७७ साउन ८ बिहीबार, बेलुकी ५:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । कोरोना भाइरसको सँक्रमण फैलिदै गएपछि नेपालकै प्रमुख आर्थिक नगरी बीरगँज सहित पर्सा जिल्लाभरि नै कर्फ्यू (निषेधाज्ञा) लगाउने तयारी गरिएको छ ।
पर्सा कोभिड १९ कमाण्ड पोष्टको बैठकमा निषेधाज्ञा लगाउने विषयमा छलफल भइरहेको जनाइएको छ । समुदायमा कोरोना भाइरसको सँक्रमण फैलिएको र त्यसलाई अझै फैलिन नदिनको लागि स्थानीय प्रशासनले सो निर्णयको लागि प्रयासमा रहेको जनाइएको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार, बिहीबार (आज) भएको बैठकमा निषेधाज्ञाको विषयमा छलफल भएको बताए । उनले भने “निषेधाज्ञा जारी गर्ने विषयमा छलफल भएपनि निर्णय भने भईसकेको छैन ।”
सरकारले लकडाउन खोलेपनि प्रदेश नं. २ को राजविराजमा अझै कर्फ्यू कडा पारिएको छ भने सँक्रमणलाई मध्यनजर गर्दै पर्सा प्रशासनले पनि कर्फ्यू को तयारी गरेको हो ।
“कहिलेबाट निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा निर्णय भएको छैन, यसका लागि यहाँका राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि लगायत अन्य सरोकारवालाहरुसँग छलफल गरेर कुन मोडालिटीमा जाने हो निर्णय भइसकेपछि मात्र निषेधाज्ञा जारी गर्छौ” – सहायक प्रजिअ बस्नेतले भने ।
अधिकांश ट्राभल हिस्ट्री बिनाका र कतिपय लक्षण सहितका संक्रमित समेत देखिएकोले निकै गम्भीर अवस्था सृजना भएको बताउँदै उनले परीक्षणको दायरा घटेकोले संक्रमितको संख्या घटेको जस्तो देखिएको मात्र भएको थपे ।
शुल्क तिरेर परिक्षण शुरू नगरूञ्जेल पर्सामा पनि संक्रमित सबै निको हुँदै २ जना मात्र बाँकी रहेको अवस्था थियो तर शुल्क तिरेर परिक्षण शुरु भएसँगै संक्रमित बढ्न थालेको बस्नेतले बताए ।
यसअघि, नारायणी अस्पतालमा भएको पछिल्लो पिसिआर परिक्षणमा वृद्धसहित थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने स्वास–प्रस्वासको समस्याले ग्रसित बीरगञ्ज महानगरपालिका वडा नं. ६ माइस्थान घर भएका अन्दाजी ७० वर्षीय वृद्धको मृत्यु भएपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
गत साउन७ गते १ सय २८ जनाको स्वाब परिक्षण गर्दा ४ महिलासहित १७ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरुमध्ये नारायणी अस्त्पालमै कार्यरत एक ४० वर्षीय डाक्टर र निजी अस्पतालमा कार्यरत ६२ वर्षीय अर्का एक डाक्टर पनि रहेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्याय पर्सा, बारामा समुदाय स्तरमा कोरोना फैलिसकेको बताए । ‘बीरगञ्ज र आसपासका क्षेत्रमा समुदाय स्तरमा कोरोना देखिसकेको छ ।
देशको मुख्य प्रवेशद्वार अनि खुल्ला सीमाका कारण जति नै कडाई गरेपनि मानिस आउने क्रम रोकिएको छैन’, उनले भने, ‘सीमा क्षेत्रमा आवागमनमासँगै बीरगञ्जमा लकडाउनमा कडाई गर्नपर्छ । हामीले लापरवाही ग¥यौं भने कोरोना संक्रमण झनै फैलन्छ ।’
यद्यपी, सरकारले भने साउन ६ गतेको मध्यराती देखि नै गत वर्षको चैत्त ११ गतेदेखि लगाएको लकडाउन खोलको घोषणा गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…