प्रदेश २ः दुई डाक्टरमा पनि कोरोना पुष्टि !
कतिपय लक्षणसहितका सङ्क्रमित देखिएकोले निकै गम्भित बन्नुपर्ने अवस्था सृजना भएको छ ।

२०७७ साउन ८ बिहीबार, बिहान ९:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को दुई जना डाक्टरमा पनि कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको तथ्याँक अनुसार प्रदेश २ को पर्सा जिल्लामा २ चिकित्सकमा पनि कोरोना पुष्टि भएको हो ।
यससँगै पर्सामा थप १७ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । विभिन्न स्थानका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारि ललित कुमार बस्नेतले जानकारी दिए ।
२ चिकितिसक र २ उपचाररत विरामीसहित जिल्लामा बुधबार राती थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बस्नेतले बताए । सङ्क्रमितहरु १५ वर्षदेखि ७५ वर्षसम्मका १३ पुरुष र ४ महिला रहेको उनले जानकारी दिए ।
श्रावन ७ गते सङ्कलन गरिएको स्वाबलाई परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो । बस्नेतले थपिएका केहि सङ्क्रमितहरुको ट्राभल हिस्ट्री समेत नभएको बताउँदै दुस्ख व्यक्त गरे । ‘अधिकांसको ट्राभल हिस्ट्री छैन,’ बस्नेतले भने, ‘कतिपय लक्षणसहितका सङ्क्रमित देखिएकोले निकै गम्भित बन्नुपर्ने अवस्था सृजना भएको छ ।’
उनले देशभरी कोरोना सङ्क्रमितको सङ्ख्या नघटेको दावी समेत गरेका छन् । ‘वास्तवमा देशभरी कोरोना संक्रमण घटेको होइन, परीक्षणको दायरा घटेकोले संक्रमितको संख्या घटेको जस्तो देखिएको मात्र हो,’ बस्नेतले आफ्नो फेसबुक पोष्टमा लेखेका छन्, ‘पेड टेस्ट शुरू नगरूञ्जेल पर्सामापनि संक्रमित सबै निको हुँदै २ जना मात्र बाँकी रहेको अवस्था थियो तर पर्सामा पेड टेस्टसँगै विभिन्न व्यक्तिहरूले स्वेच्छाले जाँच गर्न थालेपछि र्यान्डम टेस्ट जस्तै हुन थालेकोले कोरोना संक्रमित ठूलो संख्यामा देखापर्दै जानुले यसको पुष्टि गरीरहेको छ ।’
बस्नेतले यस्तो अवस्थामा लकडाउन अन्त्य हुँदा सबैतिर बढेको भिडभाडले ठुलो खतरा निम्त्याइरहेको भन्दै चाँसो व्यक्त गरेका छन् ।
‘हामीहरू अहिले पनि कोरोना संक्रमणको उच्च जोखिममै छौं, बस्नेतले लेखेका छन्, ‘तसर्थ भिडभाडमा नजाऔं, स्वास्थ्य र सुरक्षाका सबै शर्त र मापदण्डहरूको अनिवार्य रूपमा पालना गरौं, कोरोनाबाट आफू बचौं र अरूलाइ बचाऔं ।’
यात्राडेलीको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…