धनुषाः कर्मचारी र मेयरबीच चर्काचर्की, मेयर यादव अस्पताल भर्ना !
अधिकृत काफ्ले र इन्जिनियर लखनदेव यादवलाई कुरा गर्न खोज्दा फोन उठाउनुभएन।

२०७७ साउन ५ सोमबार, राति ८:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक नगरपालिकाका मेयरलाई अस्पताल भर्ना गरिएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवलाई अस्पताल भर्ना गरिएको हो ।
बिना सूचनाको कर्मचारी कस्ले र कसरी नियुक्ति गरेको स्पष्टीकरण माग्दा मेयर र कर्मचारीबीच चर्को विवाद भएपछि केही बेरमै उनलाई अस्पताल भर्ना गरिएको हो ।
कसले र कसरी नियुक्ति गरे सो विषयमा जानकारी लिन खोज्दा प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर, लेखासमेतसंग चर्काचर्की भएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
नगरपालिकाका सरोकारबाला जनप्रतिनीधिहरुलाई नसोधिकनै कर्मचारी नियुक्तीको सम्बन्धमा चर्काचर्की हुँदा मेयर यादव अस्पताल भर्ना हुन पुगेको बताइएको छ । नगरपालिकाको चालु आर्थिक वर्ष २०७६÷०७७ विकास निर्माणका कामहरू सम्पन्न भए पनि उपभोक्तालाई चेक दिन आनाकानी गरेकोले मेयर आक्रोशित भएका थिए।
आफुलाइ उपभोक्ताहरुले दैनिक नगरपालिकामा आउँदा पनि काम गरे बापतको रकम निकासा गर्न अनेकौं कुरा गरेर आज भोलि गराइ रहेको दुख पोखेको कारण काम गरिएकोमा रिस पोखे ।
काम भैसकेको उपभोक्ता समितिको चेक किन वितरण नगरेको सोधपुछ गर्दा प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद काफ्ले, इन्जिनियर लखनदेव यादव र लेखापालले विवाद गर्न खोजेको मेयर यादवले बताए ।
आइतबार साँझ नगरपालिका कार्यालयमा मेयर रामबाबु यादवको कार्यकक्षमा नभई अर्को कोठामा बैठक बसेको जनाउँदै कुटाकुट भएको समाचारप्रति दुःख समेत व्यक्त गरे । उनले कुटाकुट जस्तो केही पनि नभएको बताएका छन् ।
कार्यालयका एक कर्मचारीले भने ‘ढोकाको चुकुल लगाएर भित्र नगरप्रमुख यादव, प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद काफ्ले, एक इन्जिनियर र लेखाअधिकृतबीच छलफल हुँदै थियो । चर्काचर्की कै कारण मेयर यादव उच्च रक्तचापका कारण मेयर यादवलाई अस्पताल लगिएको उनका परिवारजनले जनाए ।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत काफ्ले र इन्जिनियर लखनदेव यादवलाई कुरा गर्न खोज्दा फोन उठाउनुभएन।
यता, एक स्थानीयका अनुसार विकास निर्माण कार्यमा समेत कमिसन मागेको आफुले अख्तियार बोलाउछु भन्दा अख्तियार आफ्नो खल्तीमा भएको एक कर्मचारीलाई उदृत गर्दै बताइएको छ ।
एक स्थानीयका अनुसार आफुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा उजुरी गरेको तर कुनै चासो नलिएको आरोप लगाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…