प्रचण्ड पक्षधरलाई पियुँठको छाला छुटाएर जुत्ता बनाउँछौं : ओली पक्षधर
शुक्रबार अध्यक्ष राजकिशोर यादवलाई ज्ञापन नदिएर दिपक यादवलाई बुझाएका थिए ।

२०७७ असार २८ आइतबार, राति ९:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टीभित्र दिनानुदिन विवाद चर्किदै जाँदा अध्यक्षद्धय ओली र प्रचण्डको पक्षधरहरुबीच नै वाक युद्ध सुरु भएको छ ।
शुक्रबार जनकपुरमा प्रचण्ड पक्षधरहरुले ओली पक्षधरहरुलाई घरमा पसेर हात खुट्टा भाँच्ने भनेपछि आईतबार ओली पक्षधरहरुले पियुँठको छाला छुटाएर जुत्ता बनाउने चेतावनी दिएको छ । ओली पक्षधरले प्रचण्ड पक्षधरलाई बोलीका काबु नराखे पियँुठको छाला छोडाउने चेतावनी दिएको हो ।
आईतबार (आज) नेकपाका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवमार्फत ज्ञापन पत्र बुझाउँदै ओली पक्षधरले प्रचण्ड पक्षधरलाई सो चेतावनी दिएको हो । ओली पक्षधर मध्ये दिनेश सिंहले ज्ञापन पत्र बुझाउँदै प्रचण्ड पक्षधर नसुध्रे पियुँको छाला छोडाउन बेर नलगाउने बताए ।
युवासंघ धनुषाका सह–संयोजक रामउदगार यादवको नेतृत्वमा गएको एक टोलीले अध्यक्ष यादवलाई ज्ञापन पत्र बुझाएका छन् । सो क्रममा उनीहरुले प्रचण्ड पक्षधरहरुलाई त्यस्तो चेतावनी दिएको हो ।
| 'घरबाट निकालेर हात खुट्टा भाँच्छौं' : प्रचण्ड पक्षधर |
प्रचण्ड पक्षधरहरुले गत शुक्रबार दिउँसो नेकपाकै जिल्ला पार्टी कार्यालयमा पार्टी जिल्ला सचिव दिपक यादवलाई ज्ञापन पत्र बुझाएका थिए । अध्यक्ष राजकिशोर यादवलाई ज्ञापन नदिएर दिपक यादवलाई बुझाएका थिए ।
सो क्रममा युवा नेता शम्भु साह, मोहम्मद रियाज साफी, शिवशंकर साह हिरा, सुरेन्द्र भण्डारी, धमेन्द्र मण्डल, जोगी यादव, पुर्व वाइसिएल अध्यक्ष प्रमोद मण्डल सहितका युवाहरुले सँयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…