बाढीको आपदासँग जुध्न 'Disaster Management Team' तयार छ : मेयर बरबरिया
टोलीमा शसस्त्र प्रहरीको ३० जना विपद व्यवस्थापनको तालिमप्राप्त सुरक्षाकर्मीहरु रहेको छ ।

२०७७ असार २८ आइतबार, बिहान ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अबिरल बर्षासँगै आएको बाढीको आपदासँग जुध्नको लागि विपद व्यवस्थापन सहितको टोली (डिजास्टर मैनेजमेन्ट टिम) तयारी अवस्थामा राखिएको धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले बताएका छन् ।
अबिरल बर्षासँगै आएको बाढीको प्रकोपलाई नियन्त्रण सहित त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनिकरणको लागि कमला नदि सहित अन्य नदीहरु तर्फ विपद व्यवस्थापनको टोली परिचालन गरिने उनले बताए ।
कमला नदीमा प्रत्येक वर्ष आउने उच्च बाढीको जोखिमलाई मध्यनजर गर्दै शहिदनगरको सीमा क्षेत्रभित्र पर्ने ठाउँमा डिजास्टर म्यानेजमेन्ट टिम तयारी अवस्थामा रहेको बताएका छन् ।
कमला नदिको किनारमा रहेको विभिन्न गाउँको छेउमा त्रास बढेसँगै उपकरण सहितको टोली परिचालन गरिने मेयर बरबरियाले बताए । उनले भने, “अघिल्लो हाल जस्तै यसपाली पनि कमला नदी किनारमा उपकरण सहितको टोली तैनाथ गर्ने अवस्थामा राखेका छौं । तर, छेउका गाउँवासीहरुले सावधानी अपनाउन आग्रह गर्दछु ।”
विपदसँग जुध्नको लागि कमला क्षेत्रलाई मध्यनजर गर्दै २७ जनाको टोली तैनाथ गरिएको छ । टोलीलाई रबर बोट, टयुब २ वटा, हेल्मेट ५ थान, लाईफ ज्याकेट ५ थान, डोरी ३ रोल, शहिदनगर नगरपालिकाको २ वटा टर्याक्टर र जेसिबी स्टैण्डबाय राखिएको जनाईएको छ ।
टोलीमा शसस्त्र प्रहरीको ३० जना विपद व्यवस्थापनको तालिमप्राप्त सुरक्षाकर्मीहरु रहेको छ ।
मेयर बरबरियाले कमला छेउका आफ्ना नगरवासीलाई रातीको समयमा चनाखो रहन आग्रह गरेको छ । विपदा जति बेला पनि आउन सक्ने भन्दै यस मौसममा सचेत रहन आग्रह गरेका हुन्
।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…