कोशीमा खतराको घण्टी, सतर्क रहन आग्रह !
विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा समेत असार २९ गतेसम्म भारी वर्षा हुने अनुमान छ ।

२०७७ असार २६ शुक्रबार, बिहान ११:२६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । निरन्तर अबिरल बर्षाका कारण सप्तकोशी (कोशी नदी) मा खतराको घण्टी बजेको छ ।
अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिन देखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा शुक्रबार (आज) बिहान १० बजे तर्फ पानीको बहाव प्रतिसेकण्ड २ लाख ८ हजार क्युसेक पुगेको कोशी व्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
कोशी व्यारेजको अधिकारिक पेजमा पानीको बहाव अघिल्ला दिनको तुलनामा बढदै गएको छ । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
बिहीबार, शुक्रबार, शनिबार, आईतबार, सोमबारसम्म देशभर भारी वर्षाको कारण साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी गर्न सरकारले आह्वान गरेको छ ।
विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा समेत असार २९ गतेसम्म भारी वर्षा हुने अनुमान छ । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने छ ।
Basin Name:Koshi
Water level: 2,08,000
Trend:Rising
Status :Danger
तराईका कन्काई र कमला नदीमा पनि पानीको सतह पनि बढन सक्ने चेतावनी दिइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार देशभर वर्षाको सम्भावना छ ।
असार २९ गतेसम्म भारी बर्षाको कारण विभिन्न ठाउँमा सडक अवरोधहरु समेत आउने अनुमान गरिएको छ । गत वर्ष कोशी नदीमा १ लाख ९० हजार क्यूसेक पानीको बहाबपछि नै ठुलो बाढी आएको थियो ।
हाल मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेकाले देशभर पूर्ण बदली रही मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनी वर्षा जारी छ ।
धनुषा र सिरहाको सीमाको रुपमा रहेको कमला नदीमा समेत पानीको बहाब अचानक बढन सक्ने संकेत रहेको भन्दै कमला छेउका स्थानीयहरुलाई सर्तक रहन आग्रह गरिएको छ ।
कमला नदीमा बाढीका कारण ओहोर दोहोर गर्न पूर्वी धनुषा र पश्चिमी सिरहा बासिन्दा अर्थात हुलाकी सडक भएर यात्रा गर्ने यात्रुलाई काठको डुँगा बाहेक कुनै साधन भने छैनन्
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…