जनकपुरः कागजमा बेरिएको नवजात शिशू भेटिए
शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको बताएको छ ।

२०७७ असार २० शनिबार, दिउँसो २:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा कागजमा बेरिएर सडकमा फालिएको अवस्थामा नवजात शिशु मृत फेला परेको छ ।
जनकपुरधाम उपमहानगरापलिका वडा नं. ८ रामानन्द चोक स्थित सडकमै शिशु कागजको पोको पारेर राखिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
रामानन्दचोकमै रहेको मेरी स्टोप्स सेन्टर (सुरक्षित गर्भपतन, गर्भ निरोधक सम्बन्धी सँस्था) जाने बाटोमै कागजमा पोको पारेर फालिएको हो । बच्चा केही महिनाको भएको प्रहरीले जनाएको छ ।
अबैद्य सम्बन्ध वा छोरा छोरी पाउने लोभमा गर्भपतन गराई बच्चा फालिको हुन सक्ने अनुमान बताउँदै जिल्ला प्रहरी कार्यालय धनुषाले शिशुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…