विपन्नलाई खोजी खोजी राहत बाँडदै 'मिथिला वाइल्ड लाइफ ट्रस्ट'
राहत पाएपछि २० सै परिवारले समाजिक अभियन्ताहरुप्रति खुसी व्यक्त गर्दै आभार प्रकट गरेका थिए ।

२०७७ असार १९ शुक्रबार, दिउँसो १:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण प्रभावित भएका अति विपन्न परिवारहरुलाई अझै राहत वितरणको कार्य रोकिएको छैनन् ।
लकडाउन खुकुलो सहित जनजीवन समान्य तर्फ उन्मुख हुँदै गएपनि समाजिक सँस्था मिथिला वाईल्ड लाईफ ट्रस्टले राहत वितरण कार्यलाई निरन्तरता दिँदै आएको छ ।
प्रभावित अति विपन्न परिवारलाई खोजी खोजी राहत दिने क्रममा विहिबार सिरहाको गोलबजार नगरपालिका वडा नं. ३ मा राहत वितरण गरिएको हो ।
स्थानीय सनराई युथ सिरहा सँजालको प्रत्यक्ष सहकार्यमा सो टोलका २० घर परिवारलाई राहत प्रदान गरिएको छ । जसमा २२ किलो चामल, १ किलो दाल, १ किलो नुन, १ लिटर तेल, २ किलो आलु, २ वटा साबुन, ३ किलो पिठो (आँटा), एक पाउ सोयाबिन उपलब्ध गराएको मिथिला वाईल्ड लाईफ ट्रस्टका अध्यक्ष देव नारायण मण्डलले जनाए ।
छोराछोरी फाउण्डेशनको सहयोगमा सो राहत वितरण गरिएको हो । अति विपन्न तथा दिनभरि काम गरी मात्र साँझ खाने जस्ता परिवारलाई राहत वितरण गरिएको हो ।
सँजालका सहकर्मीहरुले गाउँ टोल घुमेर समस्या परेका परिवारहरुलाई स्थलगत खोजविन गरी दाता सँस्थाहरुसँग सहकार्य गर्ने गरेको छ । मिथिला वाइल्ड लाईफ ट्रस्ट र छोराछोरी फाउण्डेशनले सो राहत उपलब्ध गराएको हो ।
राहत पाएपछि २० सै परिवारले समाजिक अभियन्ताहरुप्रति खुसी व्यक्त गर्दै आभार प्रकट गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…