प्रदेश २ : चार महिलामाथि खस्यो बज्र, चारै जनाको घटनास्थलमै मृत्यू !
महिलाहरु आज बिहान रोपाई गर्न घरबाट निस्केका थिए ।

२०७७ असार १८ बिहीबार, बिहान १०:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बर्षायाम सुरु भएसँगै प्रदेश २ को विभिन्न जिल्लामा चटयाँग (ठन्का, बज्र) लागेर कैयौं जनाको मृत्यू भएको छ ।
आज विहान वर्षासँगै परेको चट्याङ लागेर बाराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितका अनुसार अन्य सात जना घाईते भएका छन् ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ शितलपुरकी ३५ वर्षिया आशादेवी महतो, ४५ वर्षिया हलिमा खातुन, फेटा गाउँपालिका वडा नम्बर १ कि ३० वर्षिया इन्दुदेवी महतो र ४० वर्षिय सुनारपतीदेवी महतो रहेका छन् ।
खेतमा धान रोपिरहेका बेला अचानक परेको चट्याङ लागेर घटनास्थलमै उनिहरुको ज्यान गएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा कलैयामा राखिएको उनले बताए ।
घाईते भएका फेटा गाउँपालिकाका अन्य सात जनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएको छ ।
विहानैदेखी मौसममा आएको परिवर्तनका कारण पुनः चट्याङको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले सतर्क रहन आग्रह गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…