गाउँ–गाउँबाट मास आउँदै, प्रशासनको बल प्रयोग आज बर्दास्त गर्दैनौः युवा नेता यादव
आजको विरोध प्रदर्शन कार्यक्रममा प्रदेश स्तरका नेताहरु समेत सहभागीता जनाउने बुझिएको छ ।

२०७७ असार १६ मंगलबार, बिहान १०:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नागरिकता विद्येयकको विरुद्धमा चरणवद्ध आन्दोलन गर्दै आएको जनता समाजवादी पार्टीले आज जनकपुरमा बृहत विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।
वर्तमान सरकारले ल्याएको नागरिकता विद्येयक मधेशी जनताको सम्मान र हकाधिकारलाई प्रभावित पार्ने भन्दै सरकार विरुद्ध आज वृहत प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
सोही क्रममा आज धनुषा र महोत्तरीको विभिन्न गाउँ–गाउँबाट मास जनकपुर आउन लागेको जनता समाजवादी पार्टीका युवा नेता नविन यादवले जानकारी दिएका छन् ।
विगत एक सातादेखि निरन्तर सरकारको विरोधमा जनप्रदर्शन गर्दै आएका जनता समाजवादी पार्टीले आज वृहत रुपमा कडा प्रदर्शन गर्न लागेको यादवले बताए ।
उनले भने, –“नागरिकता विद्येयक कतै न कतै मधेश र मधेशीको सदियौंको सँस्कृति उपरको प्रहार हो । यस विरुद्ध हामी विगत १० दिनदेखि निरन्तर आन्दोलनमा छौं सरकारलाई विद्येयक फिर्ताको लागि दबाब दिँदैछौं । तर आज मासको सँख्या मोटो हुनेछ । आज प्रहरी प्रशासनले बल प्रयोग गरे आफूहरु पनि पछी हटने मुडमा छैनौं । प्रहरी प्रशासनको हस्तक्षेप बर्दास्त गर्ने छैनौ आज ।”
आजको विरोध प्रदर्शन कार्यक्रममा प्रदेश स्तरका नेताहरु समेत सहभागीता जनाउने बुझिएको छ ।
नागरिकता विद्येयकमा विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिने प्रावधान लागू गरेपछि उनीहरुको ७ वर्षको जीवनमा नागरिकता विना धेरै समस्याहरु आउन सक्ने भन्दै यसलाई सच्याउन माग धेरै ठाउँमा उठेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…