नागरिकता विधेयक विरुद्ध मधेसका २० जिल्लामा जनमत पार्टीको बिशाल प्रदर्शन
विधेयकले मधेशको संस्कृतिमाथी हमला गरेको ठहर गर्दै प्रदर्शन गरेको हो ।

२०७७ असार १६ मंगलबार, बिहान ८:१८ बजे१ मिनेट पढाइ
विधेयकले मधेशको संस्कृतिमाथी हमला गरेको ठहर गर्दै प्रदर्शन गरेको हो ।

२०७७ असार १६ मंगलबार, बिहान ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक विरुद्ध मधेसका २० जिल्लाहरुमा जनमत पार्टीको बिशाल प्रदर्शन गरेका छन्।
पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार आज मधेस भरी कालो झण्डा र कालो पट्टीबाँधी प्रदर्शन गरिएको छ। यसमा जनमत पार्टीका हजारौंको संख्यामा कार्यकर्ताहरूले ज़िल्ला सदरमुकाम तथा गाउँपालिका, नगरपालिकाहरूमा प्रदर्शन गरेका छन्।
घोषित बाक़ी कार्यक्रम जारी नै रहने जनमत पार्टीका केन्द्रीय सदस्य ई. बसन्त कुशवाहाले जानकारी दिएका छन् ।
नागरिकता विधेयक मधेश विरोधी भएको जनमत पार्टीले ठहर गर्दै विधेयक मधेश र मधेशीको हकहितमा नरहेको बताएका छन् । बिदेशबाट आउने बुहारीप्रति अन्याय हुने र यो महिला अधिकारको हनन हुने जीकिर गरेको छ ।

मधेशमा बिहेवारी एउटा ख़ास संस्कृति र सभ्यताको हिसाबले हुने भएकोले विधेयकले मधेशको संस्कृतिमाथी हमला गरेको ठहर गर्दै प्रदर्शन गरेको हो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

प्रमुख समाचार
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…