प्रदेश २ः काँग्रेस र नेकपाबीच भिडन्त, कैयौं घाईते !
घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । यस बारे थप विवरण आउन बाँकी छ ।

२०७७ असार १४ आइतबार, राति १०:५२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सर्लाही जिल्लामा आज नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुबीच झडप भएको छ ।
सर्लाहीको धनकौल गाउँपालिकामा आज (आईतबार) बेलुकी नेकपा र काँग्रेस कार्यकर्ता बीच झड्प भएको हो । सो क्रममा छर्रा गोली चल्दा कयौं घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीका अनुसार घटना भएको तर कति जना घाईते भएको बारे यकिन विवरण आइनसकेको प्रतिक्रिया दिए ।
यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षकले दुई पार्टीका नेता कार्यकर्ताबीच झडप भएको पुष्टि गरेका छन् । घाईतेहरु कति जना भएको बारे प्रहरी अहिले मासलाई नियन्त्रण गर्न मोटो सँख्या परिचालन गरिएको बताए ।
घाईते मध्ये केहीको बरहथवा उपचार भईरहेको छ भने गम्भीर घाईतेलाई बीरगंज तर्फ पठाईएको जनाईएको छ । घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको छ ।
सानो विवाद नै उग्र भएपछि विवाद झडपमा परिणत भएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…