मधेश सरकार विरुद्ध उच्च अदालतमा मुद्दा !
राजविराज इजलासले मुद्दाको सुनुवाइका गरि असार १० गते सबै विपक्षीको नाममा आदेश गरेको हो ।

२०७७ असार १३ शनिबार, बेलुकी ६:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एक युवकले प्रदेश २ का सरकार विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । उनले उच्च अदालत जनकपुरको राजविराज इजलासमा मुद्दा दायर गरेको हो ।
सिरहा जिल्ला सुखिपुर नगरपालिका वडा नं. ३ बस्ने गुमस्ता कुमार यादवले प्रदेश नं. २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् ।
उनले जिल्ला प्रशासन कार्यालय सिराहा , जिल्ला प्रशासन कार्यालय सप्तरी गरी दुई जिल्लाका ७ स्थानीय तहलाई समेत विपक्षी बनाइ मुद्दा दायर गरेका हुन् ।
विपक्षीले मापदण्ड अनुसार क्वारेन्टाइन सञ्चालन नभएको विषय उल्लेख गरी परमादेश माग गर्दै मुद्दा दायर गरेका थिए ।
सोही मुद्दामा विपक्षी बनाई स्थानीय तहमा सिराहाको सुखिपुर नगरपालिका, लहान नगरपालिका, धनगढीमाई नगरपालिका, बरियारपट्टि गाउँपालिका, नवराजपुर गाउँपालिकालाई विपक्षी बनाइएको हो ।

उक्त मुद्दामा नेपालको संविधानको धारा १४४ (१) र (२) बमोजिम परमादेश प्रतिषेध लगायत आवश्यक उपयुक्त आज्ञा, आदेश जारी गरी पाऊ भन्ने माग गरिएको छ ।
मुद्दामा विपक्षी बनाइएकाहरुबाट कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ विपरीतका कार्य गरिएको र गराइएको उल्लेख छ ।
त्यसैगरी क्वारेन्टाइन सञ्चालनका क्रममा संविधानले नागरिकलाई दिएका कतिपय मौलिक हकहरु उल्लघंन गरेको उल्लेख छ । तर, प्रदेश २ सरकारले भने कोभिड १९ विरुद्धको कामकारबाहीमा कुनै पनि कसर बाँकी नराखी काम गरिरहेको बताउँदै आएको छ ।
यादवले भने, “जब कि नेपालको सबै भन्दा बढी सँक्रमित सँख्या प्रदेश नं. २ मै छन् । सरकारले आफ्नो नागरिकप्रतिको जिम्मेवारीबाट पछि हटनुको के कारण छ ? मौलिक हकहरु किन उलंघन गरिएको छ ?” यादव कानुनका विद्यार्थी समेत रहेका छन् ।
उच्च अदालत जनकपुर, राजविराज इजलासले मुद्दाको सुनुवाइका गरि असार १० गते सबै विपक्षीको नाममा आदेश गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…