जनकपुरः धनुषाको सबैला तनावग्रस्त !
बस्ने, सुत्नेसँगै खानाको समेत समस्या भएको भन्दै आजित भएर आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।

२०७७ असार १३ शनिबार, दिउँसो २:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लाको सबैला अहिले तनावग्रस्त बनेको छ । क्वारेन्टाइनमा रहेकाहरुले आन्दोलन चर्काएपछि अवस्था तनावग्रस्त बनेको छ ।
सबैला नगरपालिकाका मेयर विजय शंकर प्रसाद साहको विरुद्धमा नारावाजी गर्दै उनीहरुले सडक जाम गरेका छन् । यतिको दिनदेखि क्वारेन्टाइनमा बसेपनि अहिलेसम्म स्वाब टेष्टको रिपोर्ट नआएको भन्दै उनीहरु क्वारेन्टाइनबाट बाहिर निस्केर आन्दोलन चर्काएका छन् ।
सो क्रममा सबैला बजार जाने ठिल्ला स्थित रहेको सरस्वति माविको क्वारेन्टाइनमा रहेकाहरुले त्यहाँको सडकमा आगो बालेर सडक जाम गरेका छन् ।
उनीहरुले आफूहरुलाई खाना, बस्ने सुविधा समेत नदिएको भन्दै आजित भएर आन्दोलन गर्न बाध्य भएको क्वारेन्टाइनमा बस्ने एक युवकले नाम नखोल्ने शर्तमा बताए ।
उनीहरुले क्वारेन्टाइनमा आएको एक महिना वितिसक्दा पनि नगरपालिकाका जनप्रतिनीधिले चेकजाँच सहित क्वारेन्टाइन व्यवस्थापनको लागि कुनै चासो नलिएको भन्दै आन्दोलनमा उत्रेका छन् ।
सडक जाम गरेपछि केही बेरमा ईलाका प्रहरी कार्यालय सबैलाबाट प्रहरीको टोली त्यहाँ पुगेर सडक खोलाएका छन् । उनीहरुले क्वारेन्टाइनमा राम्ररी बस्ने, सुत्नेसँगै खानाको समेत समस्या भएको भन्दै आजित भएर आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…