प्रदेश २ः चटयाँग (ठन्का) लागेर ४ जनाको मृत्यू !
बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् ।

२०७७ असार ११ बिहीबार, बिहान ११:०९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, राजविराज । प्रदेश नं. २ को सप्तरी जिल्ला स्थित चटयाँग (ठन्का) लागेर ४ जनाको मृत्यू भएको छ ।
आज (विहिबार) वर्षासँगै परेको चट्याङ्ले ४ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । वर्षासँगै खसेको चटयाँगले जिल्लाका छुट्टाछुट्टै ठाउँमा ४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
सो क्रममा सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जना गरी ४ जनाको ज्यान गएको हो ।
घरमा पूजा लगाएर एकाबिहानै सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका वडा नम्बर २ का एक वृद्ध र युवकको सप्तकोशी नदी छेउमै मृत्यु भएको छ ।
२७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुरको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।
बिहानै खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका एक महिलाको चट्याङ् लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीया ललितादेबी यादव रहेको भारतीले बताए ।
यस्तै, राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको छ । घाइते भएका उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् ।
घरमा काम गरिरहेको अवस्थामा चट्याङ्ले घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज उपचारको लागि लगिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…