जनकपुर उपमहानगरको बैठकमै कुर्शी तोडफोड !
बैठकमा नगर प्रमुख लालकिशोर साहले एकलौटी निर्णय लाद्न खोजेको भन्दै वडाध्यक्षहरुले विरोध जनाएको थियो ।

२०७७ असार ९ मंगलबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको बैठकमै कुर्शी तोडफोड भएको छ ।
सोमबार अबेर राती उपमहानगरको दोस्रो चरणको बोर्ड बैठकको क्रममा कुर्शी तोडफोड भएको हो । उपमहानगरको नीति तथा कार्यक्रम तयार पार्नको लागि बोलाइएको बैठकको क्रममा मेयर, उपमेयरप्रति असन्तुष्ट वडाध्यक्षहरुले कुर्शी तोडफोड गरेका हुन् ।
अबेर राती बसेको बैठकमा केही असन्तुष्ट वडाध्यक्षहरुले मेयर र उपमेयरले एकलौटी हिसाबले नीति तथा कार्यक्रम ल्याउने लागेको भन्दै उनीहरु विरुद्ध नारावाजी समेत गरेको थियो ।
बैठकमा नगर प्रमुख लालकिशोर साहले एकलौटी निर्णय लाद्न खोजेको भन्दै वडाध्यक्षहरुले विरोध जनाएको थियो । त्यसअघि दिउँसै पहिलो चरणको बैठकमा मेयर समर्थक र केही वडाध्यक्षबीच घम्साघम्सी भएको थियो ।
केही वडाध्यक्षहरुले प्रमुख साहले छलफल नै नगरी तयार पारेको विवरण र नीति तथा कार्यक्रममाथि हस्ताक्षर गराउन खोजेको आरोप लगाएका छन् । विवाद लम्बिँदै जाँदा उपस्थित वडाध्यक्षहरुले तयार पारिएको माइन्युट समेत च्यातेका थिए।
यता, यसबारे नगर प्रमुख साहसँग भने सम्पर्क हुन सकेनन । सो सन्दर्भमा केही वडाध्यक्षहरुलाई उचालेर विवादित बनाइएको बताइएको छ । कुर्शी तोडफोडले करिब १० हजार बराबरको क्षति भएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…