जनकपुरमा जलाइए नागरिकता सँशोधन विद्येयक
सँयुक्त रुपमा जनकपुरभरि विरोध प्रदर्शन गर्दै विद्येयकको प्रतिलिप जलाएको हो ।

२०७७ असार ७ आइतबार, राति ८:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नागरिकता सँशोधन विद्येयक ऐन जनकपुरका नागरिकहरुले आज जलाएको छ ।
नागरिकता ऐन संशोधन विधेयकविरुद्ध नेपाली कांग्रेस निकट तरुण दल र जनता समाजवादी पार्टी निकट युवा संगठनले जनकपुर सहित विभिन्न ठाउँमा विद्येयक जलाएका हुन् ।
उनीहरुले प्रदेश २ का आठवटै जिल्लामा प्रदर्शन गर्दै विधेयकको प्रतिलिपि समेत जलाएर विरोध जनाएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा परामर्श समितिको बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक बहुमतले पारित गरेपछि तराई मधेशमा विरोध सुरु भएको हो । उक्त विधेयकको विरोधमा सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कै मधेशी नेताहरुले समेत विरोध गर्न थालेका छन् ।
जनता समाजवादी पार्टी समर्थित नेता तथा कार्यकर्ता एवम् नेपाली काँग्रेस समर्थित तरुणदलले सँयुक्त रुपमा जनकपुरभरि विरोध प्रदर्शन गर्दै विद्येयकको प्रतिलिप जलाएको हो ।
जनता समाजवादी पार्टीका तर्फबाट नेतृ विभा ठाकुर, युवा नेता नविन यादव, मनोज चौधरी, प्रशान्त झा, किशन साह सहित तरुण दलबाट राकेश विक्रम साह सहितको युवाहरुले विद्येयकको विरोध गर्दै प्रतिलिपी जलाएका छन् ।
यता, नेकपा केन्द्रिय सदस्य मातृका यादवले विज्ञप्ति नै जारी गरेर उक्त निर्णयप्रति विरोध जनाएका छन् । उक्त विधेयकले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धमा नकारात्मक असर पर्ने जिकिर गर्दै प्रतिनिधिसभा सदस्य यादवले सात वर्षे प्रावधानले नेपाली बुहारीहरुलाई रानीतिक, आर्थिक र सांस्कृतिक शोषण हुनुका साथै मानसिक रुपमा प्रताडित हुने टिप्पणी गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…