अब फेरी आन्दोलनको लागि एक जुट होऔं : डा. सिके राउत
हामी सम्पूर्ण जनताहरू आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।

२०७७ असार ७ आइतबार, बिहान ८:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले पुनः आन्दोलनको लागि सबैलाई एक जुट हुन आग्रह गरेका छन् ।
नागरिकता ऐन संशोधन विधेयकको विरोधमा रहेकाहरुलाई एक जुट भई आन्दोलनको लागि तयारी गर्न आग्रह गरेका हुन् । उनले यो कुरा आफ्नो अधिकारिक फेसबुक फेजमा लेखेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिले संसद्मा पठाउन लागेको भनिएको नागरिकता ऐन संशोधन विधेयक मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गका जनताहरूले पटक(पटक गरेको आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरू प्रति प्रतिगामी र जनचाहना विपरित रहेको बताउँदै आन्दोलनको लागि जुटन भनेका छन् ।
“दशकौंदेखि समान अधिकारका लागि भएका आन्दोलनहरू तथा ०६३÷०६४ सालमा भएको मधेश आन्दोलनको जगमाथि स्थापित नागरिकता सम्बन्धी अधिकारलाई खोस्ने र मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गलाई अनागरिक बनाउनेतिर लक्षित रहेकोले सो विधेयकको विरोधमा सम्पूर्ण जनता, नागरिक समाज र राजनैतिक पार्टीहरूलाई एकजुट हुन आह्वान गर्दछौं।”– उनले लेखेका छन् ।
जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन कुमार सिँहद्धारा जारी गरिएको डिजिटल विज्ञप्तिमा कोभिड–१९ को महामारीले बंदाबंदी रहेको मौका छोपेर नेपाल सरकारले आन्दोलनका उपलब्धिहरू तथा जनताको अधिकार खोस्ने षड्यन्त्र गरे हामी सम्पूर्ण जनताहरू आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…