विश्व कोरोना मुक्तिका लागि विशाल कलश यात्रासहित अष्टयाम
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर झण्डै ७९ लाखबढी संक्रमित छन् ।

२०७७ जेठ ३२ आइतबार, बेलुकी ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वका सबै देश मुक्त होस् भन्ने कामना गर्दै सिरहामा विशाल कलश यात्रा निकालिएको छ ।
कोरोनाबाट मुक्तिको कामनासहित आइतबार सिरहाको मिर्चैया नगरपालिका–९ मा विशाल कलश यात्रा निकालिएको हो । मिर्चैया–९ मा अवस्थित कमलदहबाट ल्याइएको कलश रमपुरास्थित डिहबार मन्दिरमा स्थापना गरिएको छ ।
कलश यात्रामा झण्डै ३ सयबढी सर्वसाधारणको लस्कर थियो । विहान कलश स्थापना भएसँगै त्यहाँ एक दिवसीय अष्टयाम पनि सुरु भएको छ । यो अष्टयाम विधिपूर्वक २४ घण्टासम्म चल्नेछ ।
विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण नेपालका विभिन्न ठाउँसहित सिरहाका समेत विभिन्न स्थानमा फेला परिसक्दा पनि यस क्षेत्रमा हालसम्म नदेखिएको र नभित्रिओस् तथा विश्व कोरोनाबाट चाँडै मुक्त होस् भन्ने कामना गर्दै धार्मिक कार्यक्रम आयोजन गरिएको आयोजकले जनाएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वमा झण्डै चार लाख ३२ हजार ९ सय ७७ जनाको निधन भइसकेको छ भने झण्डै ७९ लाखबढी संक्रमित छन् ।
संक्रमितमध्ये हालसम्म चालिस लाख ६२ हजार ६ सय ५९ जना निको भएर घर फर्किसकेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…