धनुषाको कमला नगरपालिकाको ६ जनामा कोरोना
क्वारेन्टाइनमा बेड क्षमताका साथै सँख्या अत्यधिक भएपछि व्यवस्थापनमा समेत समस्या भएको थियो ।

२०७७ जेठ २८ बुधबार, राति ८:४४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको ६ जनामा कोरोना पुष्टि भएको छ ।
गत जेठ २२ गते सँकलन गरिएको स्वाब परीक्षणपछि मँगलबार दिएको रिपोर्ट अनुसार ६ जनामा कोरोना पुष्टि भएको हो ।
कमला नगरपालिकको वडा नं. २ माचिका २ जना, कमला नगरपालिका वडा नं. ३ पर्सा र लगमा गरी २ जना तथा कमला नगरपालिका वडा नं. ६ को पनि २ जनामा कोरोना पुष्टि भएको हो ।
कमला नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापनका सँयोजक एवम् स्वास्थ्य शाखा प्रमुख सत्यनारायण ठाकुरका अनुसार ६ जनामा पिसिआर पोजिटिभ पाइएको हो ।
उनीहरुलाई आजै धनुषाको सपही स्थित स्वास्थ्य निर्देशनालयमा राखिएको आईशोसेलनमा लगिएको जनाइएको छ । उनीहरु सबै जना भारतबाट आएका थिए ।
कमला नगरपालिका कार्यालयको नजिकै विद्यालय भवनमा राखिएको क्वारेन्टाइनबाट कोरोना पोजिटिभ पाइएको हो । यसअघि उनीहरु खुल्ला घुम्दै आएका थिए ।
क्वारेन्टाइनमा बेड क्षमताका साथै सँख्या अत्यधिक भएपछि व्यवस्थापनमा समेत समस्या भएको थियो । नगरपालिकाको तर्फबाट कडाई गरिएपनि भित्र उनीहरु समाजिक दुरी कायम भने व्यवस्थापन गर्न सकेको थिएनन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…