जनकपुरः एक युवकको गोली हानी हत्या !
पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र थप भन्न सकिने प्रहरीले जनाएको छ ।

२०७७ जेठ २८ बुधबार, बिहान ८:२४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवकको गोली हानी हत्या गरिएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. ७ नवटोली टोल स्थित एक युवकलाई गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
स्थानीय जयकिशोर मण्डलका वर्ष २५ का छोरा अरुण कुमार मण्डललाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, मण्डलको कनचटमा प्वाल परेको तथा गोली हानेको जस्तो देखिएपनि यकिन भइनसकेको हो ।
आफ्नो घरदेखि करिब १०० मिटरको दुरीमा रहेको पोखरीको डिलमा आज विहान मण्डल मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेको थियो ।
विहानै करिब ५ः३० मा पुगेका प्रहरीले शव (लास) को प्रकृति अनुसार उनको कनचटमा गोली हानी हत्या गरिएको देखिएपनि यसको अधिकारिक पुष्टि भने भएको छैनन् ।
पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र थप भन्न सकिने प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…