पूर्व मन्त्री मातृकाको कोषबाट कलभर्ट निर्माण हुँदै
एक कार्यक्रमबीच कलभर्टको शिलान्यास गरिएको जनाइएको छ ।

२०७७ जेठ २७ मंगलबार, बिहान १०:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपाका प्रभावशाली नेता एवम् पूर्व मन्त्री मातृका प्रसाद यादवको विकास कोषबाट धनुषामा कलभर्टको शिलान्यास गरिएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं. ५ को टरिया र सखुवनीकोबीचमा पर्ने बाटोमा पानी निकासको लागि कलभर्ट निर्माणको लागि शिलान्यास गरिएको हो ।
धनुषा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य समेत रहेका नेता यादवको संसदीय कोषबाट कलभर्ट निर्माण हुन लागेको हो ।
एक कार्यक्रमबीच कलभर्टको शिलान्यास गरिएको जनाइएको छ । सो अवसरमा नेकपा नगर अध्यक्ष महेशलाल यादव, नेकपा नेताहरु दुर्गा बहादुर मल्ल, बौएलाल महतो, ५ नं वडाध्यक्ष जयचन्द्र भट्टराई, स्थानीय बुद्धिजीवी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…