कमला उत्खनन गर्ने दलाल र माफीयालाई कानुनै मार्फत तह लगाउनुपर्छ : मेयर बरबरिया
उनीहरुले बन्दीपुर ईलाकामा कमला नदीको नीरिक्षण गरेको थियो ।

२०७७ जेठ २४ शनिबार, राति ८:१७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले कमला नदीमा अवैद्य उत्खनन गर्ने दलाल र क्रसर डनहरुलाई कानुनै मार्फत तह लगाउनुपर्ने बताएका छन् ।
कमला नदी नीरिक्षणको क्रममा बोल्दै मेयर बरबरियाले कमला नदीबाट चोरी निकासी गरी अवैद्य रुपमा ग्राभेल उत्खनन गरेको भन्दै माफियाहरुलाई कानुन मार्फत तह लगाउनुपर्ने जीकिर गरेका छन् ।
कमला बचाउ अभियानका अभियानी समेत रहेका मेयर बरबरियाले कमला नदीमा रातराती अवैद्य रुपमा उत्खनन नरोकिएको भन्दै अभियानी टिमहरुले आज (शनिबार) नीरिक्षण गर्न कमला पुगेका थिए ।
सो क्रममा उनले कमला र विमला नदीको इतिहास तथा धार्मिक अस्तित्वबारे समेत बोल्दै धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा रहेको कमला नदिको अवैद्य उत्खनन रोक्न आफूहरु हर सम्भव प्रयास गरेको बताएका छन् ।
न्यूज ब्यूरोको एक प्रश्नमा उनले पर्यावरण जोगाउनको लागि अब अर्को दिलीप महतोले बलिदानी दिनुपर्ने अवस्थालाई निरुत्साहित गर्न कानुनको विकल्प नभएको प्रतिक्रिया दिए ।
उनले पर्यावरण, वातावरण र कमला नदीको अस्तित्व जोगाउनको लागि आफू कहिले पछाडी नहटेको जनाउँदे आगामी दिनमा समेत पछाडी नहटने प्रतिवद्धता जाहेर गरे ।
सो क्रममा उनले कमला नदीको अवैद्य उत्खनन विरुद्ध तथा कमलाको संरक्षणको लागि केन्द्रसम्म जाने प्रतिवद्धता समेत जाहेर गरे ।
उनले भने,“दिलीप महतोले पर्यावरणको लागि ज्यान दिए, त्यसबाट अब युवाहरुले अग्रसर हुनुपर्छ र यस्ता माफिया, क्रसर डन, दलालहरुलाई निरुत्साहित गर्नुपर्छ । अब युवाहरु अगाडी आउनुको कुनै विकल्प छैन ।”
सो क्रममा कमला बचाउ अभियानका सँयोजक विक्रम यादवले कमला नदीको धार्मिक पहिचान र अस्तित्व सहित कमला नदी बचाउनै पर्ने आवश्यकता बारे प्रकाश पारेका थिए ।
कमला छेउमा जँगल लगाउनुका साथै वन्यजन्तुलाई समेत पालन पोषण गर्ने अवधारणा ल्याउन लागेको बताएका थिए ।
नीरिक्षणको क्रममा कमला बचाउ अभियानका सम्पूर्ण अभियानी, सिरहा कर्जन्हा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष, सँचारकर्मीद्धय विनय कुमार यादव र मुकेश ठाकुर सहित सरोकारबालाहरुको समेत सहभागीता रहेको थियो ।
उनीहरुले बन्दीपुर ईलाकामा कमला नदीको नीरिक्षण गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…