जनकपुरमा यी ठाउँ बाहेक सबै पसलहरु खोल्ने सहमति
१२ बजेसम्म खोलिने सम्पूर्ण पसलहरुमा कोरोना भाइरसबाट बच्न सेनिटाइजर वा साबुनपानी, ग्लोब्स, मास्क अनिवार्य

२०७७ जेठ २३ शुक्रबार, बिहान ११:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण प्रभावित भएको जनकपुर बजारको सबै पसलहरु खोल्ने सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा आज बसेको सुरक्षा समितिको बैठकबाट जनकपुरको सम्पूर्ण पसलहरु खोल्ने निर्णय गरिएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार, जीमखाना, सिनेमा हल, सैलुन लगायत बढी भीड हुने ठाउँ बाहेक पसलहरुमा सबै खोलिने सहमति भएको हो ।
सुरक्षा समितिको बैठकमा स्थानीय व्यापारीहरुको समेत सहभागितामा सम्पन्न बैठकमा विहानदेखि अपरान्ह १२ बजेसम्म सम्पूर्ण पसलहरु खोल्ने सहमति गरिएको हो ।
शनिबार विहानदेखि गर गहना, किराना, कपडा पसल, मोबाईल पसल, फलफूल पसल लगायतका सबै पसलहरु खोलिने भएको छ ।
१२ बजेपछि सबै पसलहरु बन्द गर्नुपर्ने तथा सो नगरे प्रहरी प्रशासनले कारवाही समेत गरिने जनाइएको छ ।
१२ बजेसम्म खोलिने सम्पूर्ण पसलहरुमा कोरोना भाइरसबाट बच्न सेनिटाइजर वा साबुनपानी, ग्लोब्स, मास्क अनिवार्य राख्नुपर्ने, दुरी बनाएर मात्र किनमेल गर्न पाउने गरी प्रावधान समेत लागू गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…