कैयौं नेता ईट मात्र गाडेर गए, मेयर बरबरियाले मन्दिर बनाइदिए : स्थानीयहरु
उनले धार्मिक आस्था र विश्वासलाई कायम राख्न नगरका जनता र जनप्रतिनीधि पनि चासो लिनु आवश्यकता औल्याए ।

२०७७ जेठ २१ बुधबार, राति ८:१७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बालाबाखवरमा रहेको डिहबार मन्दिर निर्माण बर्षौदेखि अलपत्र परेको बेला नगर प्रमुखको पहलमा निर्माण कार्य सुरु गरिएको छ ।
बालाबाखर स्थित रहेको अति पुरानो डिहबार मन्दिरको जिर्णोद्धार सहित साँस्कृतिक भवन निर्मााणको लागि शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले शिलान्यास गरेपछि उनीहरु हर्षित भएका छन् ।
मन्दिर पूर्ण रुपमा जिर्ण भएपनि विभिन्न दलका नेताहरुले विभिन्न समयमा गएर ईट मात्र गाडेर गएपनि कसैले मन्दिर नबनादिएपछि अन्तत मेयरले उक्त मन्दिर निर्माणको लागि अग्रसरता देखाएको स्थानीय राजेन्द्र यादवले बताए ।
मन्दिर निर्माण र मन्दिरको साँस्कृतिक भवन निर्माणको लागि प्रथम चरणमा ८ लाख रुपैयाँ छुटयाइएको बताइएको छ । मन्दिरको कम्पाउड वाल (पर्खाल) सहित मन्दिरको पनि जिर्णोद्धार गरिने मेयर बरबरियाले बताए ।

स्थानीयहरुले भने,–“यही मन्दिरको जीर्णोद्धारको लागि कहाँ कहाँ गए । रामचन्द्र झा आए ईट गाडेर गए, दिनेश प्रसैला आए उ पनि इट नै गाडेर गए, अन्य धेरै नेता आएर गए, सबैको इट माटो भित्रै सडे तर मन्दिर बनेनन् । मेयर साहब उमेरमा हाम्रो छोरोको बराबर हुन तर पनि हामीहरुको लागि आसा मारिएको काममा पुनः आस्था जगाइदिनुभयो ।”
गाउँलेहरुको आस्थाको केन्द्र मानिएको नगर डिहबारको मन्दिरको जिर्णोद्धार नहुँदा पूजाआजा गर्न समेत समस्या भएको थियो । दिनानुदिन मन्दिर जमिनभित्रै भाँसिन थालेपछि स्थानीयहरु चिन्तामा परेका थिए ।
सोही क्रममा स्थानीयहरुले नगर प्रमुख बरबरियासँग मन्दिरको बारेमा गुनासो गरेपछि मेयरले आफैं गएर नीरिक्षण गर्दै मन्दिर निर्माणको लागि बजेट निकासा गरिदिएको स्थानीय सत्यनारायण यादवले बताए ।
मेयर बरबरियाले आज (बुधबार) डिहबार मन्दिरको कम्पाउण्ड वाल निर्माणको शिलान्यास गर्दै धार्मिक आस्थाको लागि स्थानीयहरुले पनि अग्रसर हुनुपर्ने बताए । उनले धार्मिक आस्था र विश्वासलाई कायम राख्न नगरका जनता र जनप्रतिनीधि पनि चासो लिनु आवश्यकता औल्याए ।
शिलान्यास कार्यक्रममा समाजिक दुरी कायम गरी शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र लाल कर्ण, वडा नं. ८ का वडाध्यक्ष तनुकलाल यादव, राजेन्द्र यादव , विनोद यादव, गुदरी बाबा, महिन्द्र यादव, अकुल बाबा लगायत सहित स्थानीय भद्र भलादमीहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…