प्रदेश २ को आठै जिल्लामा १२० नयाँ सँक्रमण पुष्टि !
उनीहरु छिमेकी मुलुक भारतबाट आएर क्वारेन्टाईनमा बस्दै आएका थिए ।

२०७७ जेठ २० मंगलबार, दिउँसो ४:१२ बजे६ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को ८ वटै जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २० जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
धनुषा जिल्लामा ४ जना, महोत्तरी जिल्लामा २ जना, सप्तरी जिल्लामा १ जना, सिराहा जिल्लामा १७ जना, सर्लाही जिल्लामा २१ जना, रौतहट जिल्लामा ७४ जना र बारा जिल्लामा १ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टी भएको हो ।
सप्तरी जिल्लाको राजगढ गाउँपालिका स्थित नरघो माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहको १ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
उनीहरु पुरुष छिमेकी मुलुक भारतबाट आएर नरघो माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएको बुझिएको छ । सिराहा जिल्लामा भने सिराहा नगरपालिका स्थित सूर्य नारायण सत्य नारायण मरबैता क्याम्पसको होस्टेलमा सञ्चालित क्वारेन्टाईनमा बस्दै आएका १ देखि १८ बर्ष उमेर समुहका २ जना, १८ देखि ४० बर्ष उमेर समुहका १२ जना र ४० देखि ७० बर्ष उमेर समुहका २ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ ।
उनीहरु छिमेकी मुलुक भारतबाट आएर क्वारेन्टाईनमा बस्दै आएका थिए ।
यस्तै, धनुषा जिल्लाको धनौजी गाउँपालिका स्थित शंकर माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १८ बर्ष देखि ४० बर्ष उमेर समुहका १ जना, नगराईन नगरपालिका स्थित प्रादेशिक क्वारेन्टाईन गांगुलीमा रहेका १८ बर्ष देखि ४० बर्ष उमेर समुहका १ जना र धनुषा जिल्लाकै हंसपुर नगरपालिका स्थित नवापुर माध्यमिक विद्यालय बत्चौराको क्वारेन्टाईनमा रहेका १८ बर्ष देखि४० बर्ष उमेर समुहका १ जना र सोही क्वारेन्टाईनमा रहेका ४० देखि ७० बर्ष उमेर समुहका १ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
धनुषाको धनौजी गाउँपालिका, नगराईन नगरपालिका र हंसपुर नगरपालिकामा आज कोरोना संक्रमण पुष्टी भएका ४ जना नै छिमेकी मुलुक भारतबाट आएको बुझिएको छ ।
सोही क्रममा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्वर २ स्थित महेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १८ देखि ४० बर्ष उमेर समुहका १ जना सोही नगरपालिकाको वडा नम्वर ५ स्थित बसबीट्टी माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ४० देखि ७० बर्ष उमेर समुहका १ जनागरी कुल २ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु पनि छिमेकी मुलुक भारतबाट नै आएको बुझिएको छ । सर्लाही जिल्लाको बलरा नगरपालिकाको स्थानीय क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहका ३ जना, सोही क्वारेन्टाइनमा रहेका १८ देखि ४० बर्ष उमेर समुहका ६ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ ।
त्यसैगरी सर्लाही जिल्लाकै ब्रम्हपुरी गाउँपालिका स्थित रामविलास प्राथमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ९ बर्षिय वालक सहित १ देखि १८ बर्ष उमेर समुहका ५ जना र सोही क्वारेन्टाईनमा रहेका १८ देखि ४० बर्ष उमेर समुहका १२ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
सर्लाहीको बलरा नगरपालिका र ब्रम्हपुरी गाउँपालिकाका दुवै क्वारेन्टाईमा रहेका सम्पूर्ण संक्रमितहरु छिमेकी मुलुक भारतबाट नै आएको बुझिएको छ ।
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ गंगा पिपरा स्थित भुलयाँ माध्यमिक विद्यालयमा रहेका १ देखि १८ बर्ष उमेर समुहका ५ जना र सोही क्वारेन्टाईनमा रहेका १९ देखि ४० बर्ष उमेर समुहका ९ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको छ ।
रौतहट जिल्लाकै राजपुर नगरपालिका वडा नम्वर २ बैरिया स्थित स्थानीय मदरसाको क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहका ११ जना र सोही क्वारेन्टाईनमा रहेका १८ देखि ४० बर्ष उमेर समुहका १० जना तथा रौतहट जिल्लाकै गढीमाई नगरपालिका वडा नम्वर ३ स्थित शंकर गुदर माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १८ बर्ष देखि ४० बर्ष उमेर समुहका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
रौतहट जिल्लाकै परोहा नगरपालिका वडा नम्वर ४ लौकाहा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १८ देखि ४० बर्ष उमेर समुहका ४ जना पुरुष तथा रौतहट जिल्लाकै राजदेवी नगरपालिका वडा नम्वर ६ स्थित मुडबलवा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहका १ जना र सोही क्वारेन्टाईनमा नै रहेका १८ देखि ४० बर्ष उमेर समुहका १७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहट जिल्लाकै गौर नगरपालिका वडा नम्वर ३ स्थित जुद्ध माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहका ५ जना र सोही क्वारेन्टाईनमा रहेका १८ देखि ४० बर्ष उमेर समुहका ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहट जिल्लाकै यमुनामाई गाउँपालिका वडा नम्वर ४ स्थित सरबठा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेकी ८ बर्षिय वालिका तथा १ बर्ष देखि १८ बर्ष उमेर समुहका १ जना र सोही क्वारेन्टाईनमा रहेका ४० देखि ७० बर्ष उमेर समुहका १ जना गरी कुल १ महिला र २ पुरुषहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ ।
रौतहट जिल्लाका विभिन्न क्वारेन्टाईनमा रहेका उल्लेखित सम्पूर्ण ब्यक्तिहरु छिमेकी मुलुक भारतबाट आएको बुझिएको छ ।
बारा जिल्ला देबताल गाउँपालिका वडा नम्वर २ स्थित नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस २ नम्वर प्रदेशमा हालसम्म १०४ जना कोरोना संक्रमितहरु उपचार पश्चात निको भएका छन् ।
त्यसैगरी पि।सि।आर।परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा १ जना पुरुष संक्रमितको उपचार भइरहेको छ ।
सप्तरी जिल्ला राजविराज स्थित साईकृष्ण अस्पतालको आइसोलेसन कक्षमा २ महिला र ५१ जना पुरुषगरी कुल ५३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सिराहा जिल्ला महेन्द्र गेनाई अस्पतालको आइसोलसन कक्षमा २५ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ ।
सिराहा जिल्लाकै सिराहा नगरपालिका स्थित सिराहा कोभिड १९ विशेष अस्पतालको आइसोलेसन कक्षमा ५ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ ।
त्यसैगरी धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पतालमा रहेको आइसोलेसन कक्षमा २ महिला र २६ पुरुषगरी कुल २८ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
धनुषा जिल्लाकै लक्ष्मीनिया गाउँपालिकामा रहेको विपी मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षमा ६ जना महिला र ५३ जना पुरुषगरी कुल ५९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
महोत्तरी जिल्लाको जलेश्वर अस्पतालको आइसोलेसन कक्षमा १ जना महिला र २५ जना पुरुषगरी कुल २६ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
सर्लाही जिल्ला मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा ४३ जना पुरुष र २ जना महिलागरी कुल ४५ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
रौतहट जिल्ला स्थित चपुर अस्पतालमा ८ जना पुरुष, रौतहट जिल्लामा नै रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ४ महिला र २५ पुरुषगरी कुल २९ जना, रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका स्थित देवाही गोनाही पोलिटेक्निक ईन्स्टिच्यूट धरहरीमा २२ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
रौतहड जिल्लाकै गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा ७२ पुरुष र ३ महिलागरी कुल ७५ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ४८ जना पुरुष र २ जना महिलागरी कुल ५० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा १८ जना पुरुष र २ जना महिलागरी कुल २० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
त्यसैगरी सिराहा अस्पताल सिराहामा ४ जना, प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको कोभिड १९ विशेष अस्पतालमा ३ जना, र महोत्तरी जिल्लाको जलेश्वर कोभिड विषेश अस्पतालमा ८ जना गरी कुल १५ जना कोरोना आसंकीत बिरामीहरुको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…