सीमा विवादमा मध्यस्थता गर्न तयार छौं : ट्रम्प
ट्रम्पले सो जानकारी बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् सार्वजनिक गरेका हुन् ।

२०७७ जेठ १४ बुधबार, बेलुकी ७:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच गम्भीर बन्दै गएको सीमा विवादमा मध्यस्थता गर्न आफू तयार रहेको बताएका छन् ।
उनले त्यसका लागि आफ्नो तत्परताबारे भारत र चीन दुवै पक्षलाई जानकारी गराएको पनि बताएका छन् । ट्रम्पले सो जानकारी बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् सार्वजनिक गरेका हुन् ।
भारत र चीनबीच सीमा विवाद पटक पटक बल्झिने गरेकोमा पछिल्लो समय लद्याख र सिक्किमसँग जोडिएका सीमामा विवाद चर्केको छ ।
गतवर्ष कश्मिर बिषयमा भारत र पाकिस्तानबीच विवाद चर्किँदा पनि ट्रम्पले दुई पक्षबीच मध्यस्थता गर्न तयार रहेको जनाएका थिए । उनको त्यो भनाईप्रति भारतले आपत्ति जनाएको थियो भने पाकिस्तानले स्वागत गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…