धनुषाको ३ सहित प्रदेश २ मै ५४ जनामा कोरोना पुष्टि, सँख्या ६७५ पुग्यो !
प्रदेश नं. २ मै जम्मा ५४ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ भने बाँकी १८ जना विभिन्न ठाउँबाट रहेका छन् ।

२०७७ जेठ १२ सोमबार, बिहान ११:०८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ३ जनामा सहित कूल ७२ जनामा नयाँ सँक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएर अनुसार धनुषामा ३ जना सहित ७२ जनामा विहान ११ बजेसम्म पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले सोमबार विहान १०ः४५ बजेसम्मको नयाँ अपडेट अनुसार ७२ जनामा कोरोना पुष्टि भएको तथ्याँक सार्वजनिक गरेको हो ।
जसमा ३ जना धनुषाको नगराइन नगरपालिका वडा नं. ३ भनेर उल्लेख गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाको विभिन्न वडामा ३ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयको तथ्याँक अनुसार धनुषा, बारा, रौतहट र सप्तरी गरी प्रदेश नं. २ मै जम्मा ५४ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ भने बाँकी १८ जना विभिन्न ठाउँबाट रहेका छन् ।
जसमध्ये २८ जना रौतहटमा, २१ जना बारा, ३ जना धनुषाको र २ जना सप्तरीमाको रहेको जनाइएको छ ।
मन्त्रालयका अनुसार, कपिलवस्तुको शिवराज नगरपालिकाको ३ जना, काठमान्डौंको ३ जना, बाँके ४ जना, बर्दिया १ जना र दैलेखकाृे ७ जना गरी १८ जना रहेका छन् ।
मन्त्रालयको तथ्याँक यस प्रकार छन् ।

सच्याइएको : यसअघि टाइप मिस्टेकको कारण धनुषाको तथ्याँकमा ३ जना हुनुपर्नेमा अगाडी भूलवंश (टाँसिएर) २ थपिएर २३ जना हुन गएकोमा क्षमाप्रार्थी छौं । त्यसलाई मात्र ३ बनाएर सच्याइएको व्यहोरा अनुरोध सहित क्षमाप्रार्थी छौं । - सम्पादक
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…