नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो
नेपालमा हालसम्म उपचारपछि निको भएर ८७ जना डिस्चार्ज भएका छन् ।

२०७७ जेठ ११ आइतबार, बेलुकी ७:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नियमित प्रेस ब्रिफिङमा थप १९ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । काठमाडौँका १ सहित थप १९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।
आइतबार देखिएका संक्रमितमा बारा कलैयाका ३२ वर्षीय पुरुष, पर्सा वीरगन्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साको नागवाका ६० वर्षीय पुरुष, रौटहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुष, रुपन्देहीका सम्मारीमाइका ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुष, मोरङ बाह्रदसी ३ का ४५ वर्षीय पुरुष, काठमाडौँ सोस्रहखुट्टेका ७९ वर्षीय पुरुष, नुवाकोट ककानीका ३९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।
त्यस्तै प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडाहवाका गाउँपालिका २३, ३०, ४० वर्षीय पुरुष, कपिलबस्तु खैराती ३ का ३५, ३७, ५२ वर्षीय पुरुष र गुल्मीको मदानेका ३१ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ देखिएको हो ।
नेपालमा हालसम्म उपचारपछि निको भएर ८७ जना डिस्चार्ज भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…