अनैतिक सम्बन्ध प्रस्ताव अस्वीकार गर्दा निर्घात कुटिइन् दलित महिला
घटना बारे जानकारी भएपनि प्रहरी मौन छन् ।

२०७७ जेठ ११ आइतबार, बेलुकी ५:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । अनैतिक सम्बन्ध राख्ने प्रस्ताव अस्वीकार गर्दा सिरहामा एक महिला निर्घात कुटिएकी छन् ।
सिरहाको कल्याणपुर नगरपालिका–११ की एक दलित महिलामाथि निर्घात कुटपिट भएको हो । महिलालाई सोही वडाका उमेश प्रसाद साहको २४ वर्षीय छोरा गान्धी साहले कुटपिट गरेका हुन् ।
गान्धीले ती महिलालाई फोनमा पटकपटक यौन सम्बन्धको प्रस्ताव राख्ने गरेको र उनले उक्त प्रस्ताव अस्वीकार गर्दै आएकी थिइन् । गान्धीले मदिरा पिएर आफूलाई पटकपटक फोन गरेर पैसाको समेत प्रलोभन दिएर अनैतिक सम्बन्ध राख्न दबाब दिएको ती महिलाले बताइन् ।
फोन गरेर हैरान बनाएपछि आफूले उनको मामालाई सम्झाउन भनेको र किन भनेको भन्दै गान्धीले कुटेको ती महिलाले दुखेसो पोखिन् । पीडित महिलाले भनिन्, ‘मैले पटकपटक उसलाई हप्काउँदै अस्वीकार गरेँ । फोन नगर्न आग्रह गर्दा उसले मानेनन्, अनि मैले उसको मामालाई भनेँ, त्यसपछि उनले मामाले किन भनेको भन्दै निर्घात कुटेका छन् ।’
बजारबाट घर जाँदै गर्दा प्रहरी कार्यालय नजिकै घिसारेर कुटेको उनले पीडा सुनाइन् । ती महिलाको अहिले धनगढीस्थित आरके मेडिसिटीमा उपचार भइरहेको छ ।
उनका श्रीमान् बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा छन् । घटना बारे जानकारी भएपनि प्रहरी मौन छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…