जनकपुरको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार
उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

२०७७ जेठ ११ आइतबार, दिउँसो १:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा उपचाररत एक जना कोरोना संक्रमित व्यक्ति फरार भएका छन् ।
जनकपुर नर्सिंग क्याम्पसस्थित कोभिड १९ अस्पतालमा उपचारका लागि राखिएको एक पुरुष फरार भएका हुन् ।
धनुषाको धनकौलका ४५ वर्षीय पुरुष आइतवार विहान करिब ३ बजे अस्प्तालबाट फरार भएको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतका अनुसार मानसिक सन्तुलन गुमाएका उनलाई बाहिरबाट ढोकामा चुकुल लगाएर लक गरी राखिएको थियो ।
यसअघि समेत पटकपटक उनी भाग्ने प्रयास गरेपछि बाहिरबाट चुकुल लगाएर कोठाभित्र राखिएको थियो । तर, सबैजना सुतेको अवस्थामा जोडबल गरेर चुकुलको स्क्रु खोलेर उनी फरार भएको बताइएको छ ।
उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…