भारतले भन्यो : नेपालको नयाँ नक्सा अस्वीकार्य
भारतीय विदेश मन्त्रालयले नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गरेको छ ।

२०७७ जेठ ८ बिहीबार, बिहान ६:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ ।
नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो ।
भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गरेको छ ।
नेपालले गरेको दाबी बनावटी भएको भन्दै भारतले यो स्वीकार्य नहुने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतीय सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्न नेपाललाई आग्रह गरेका छन् ।
भारतले सीमा विवाद समाधान गर्न नेपालले कूटनीतिक वार्ताका लागि सकारात्मक वातावरण बनाउने विश्वास लिएको छ । नेपालले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा आज मात्रै जारी गरेको थियो ।
यसअघि भारतले गत नोभेम्बरमा एकपक्षिय रूपमा नेपाली भूमि समेट्दै नयाँ नक्सा जारी गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…