धनुषाका २ जना सहित थप १८ जनामा कोरोना, सँख्या ३७५ पुग्यो !
अहिलेसम्म नेपालमा २ जनाको कोरोनाबाट मृत्यू भईसकेको छ भने ३६ जना निको भएका छन् ।

२०७७ जेठ ५ सोमबार, राति १०:४८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका थप २ जनामा कोरोना सँक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा धनुषाको २ जना सहित अन्य ठाउँ गरी थप १८ जनामा कोरोना सँक्रमण देखिएको हो ।
धनुषाको दुबै जना संक्रमीत नगराईन नगरपालिकाको गौंगलि क्वारेन्टाइनका रहेको स्वासथ्य निर्देशनालयका सम्पर्क पर्सन बिजय झाले जानकारी दिएका छन् ।
अध्यावधिक विवरण अनुसार कोभिड– १९ का पुष्टी भएकाहरूको जम्मा संख्या ३७५ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान, भेरी अस्पताल, नेपालगंज, कोशी अस्पताल, बिराटनगरमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या १८ पुगेको हो ।
सँक्रमणमा धनुषा निवासी २ जना पुरुषहरू, खोटाङ, हलेसी निवासी १ जना पुरुष, बाँके, नरैनापुर निवासी १२ जना पुरुषहरू, दैलेख, आटठबिस–१ निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष, झापा निवासी १ जना पुरुष रहेका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको छ भने सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाइएको छ ।
अहिलेसम्म नेपालमा २ जनाको कोरोनाबाट मृत्यू भईसकेको छ भने ३६ जना निको भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…