जटहीमा क्वारेन्टाइन स्टेशन निर्माण, भोलीबाट नेपालीलाई ल्याइने
विहान १० बजे तथा दिनभरिमा जम्मा भएका मान्छेहरुलाई साँझ ६ बजे गरी दुई टाईम बस सेवा सँचालन

२०७७ जेठ ३ शनिबार, राति ८:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारत सीमा सील भएपछि भारतमा फँसेका नेपाली नागरिकहरुलाई भोली (आईतबार) देखि नेपाल ल्याउने तयारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाको टोली, जिल्ला विपद व्यवस्थपानको टोलीले नेपाल–भारतको सीमास्थित रहेको जटही नाकामा शनिबार(आज) देखि क्वारेन्टाइन स्टेशन बनाउने कार्य सुरु गरिएको छ ।
आईतबारसम्म क्वारेन्टाइन स्टेशन निर्माण भईसकने जनाउँदै आईतबारदेखि नै सीमामा फँसके धनुषावासीलाई आफ्नो गृह नगर ल्याउने तयारी गरिएको छ ।
जिल्ला क्वारेन्टाइन व्यवस्थापन समितिका सँयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जटही नाकामै क्वारेन्टाइन स्टेशन निर्माण कार्य सुरु भएको तथा आईतबारसम्म सम्पन्न भईसकेपछि सीमामा पर्खेर बसेकाहरुलाई प्रक्रिया पुरयाएर आफनो जिल्ला ल्याइने छ ।
सहायक प्रजिअ पोखरेलका अनुसार, धनुषावासीलाई मात्र जटही नाकाबाट प्रवेश गराइने छ । धनुषा जिल्लासँग टाँसिएर रहेका अन्य नाकाहरु कडाई गरिएको भन्दै एउटै नाकाबाट मात्र आउन आग्रह समेत गरेका छन् ।
यो पनि पढनुहोस् : जनकपुरः भारतमा फँसेका नेपालीहरुलाई एउटै नाकाबाट बसमा ल्याउने निर्णय !
यसका साथै, उनले महोत्तरीको प्रशासनसँग समेत समन्वय कार्य जारी रहेको भन्दै महोत्तरीका वासिन्दालाई पनि भिठ्ठामोड नाकाबाट ल्याउने तयारी भईरहेको बताए ।
भारतबाट आउनेलाई जटही नाकामा निर्माण गरिएको क्वारेन्टाइन स्टेशनमा चेकजाँच गरी साधारण भए सम्बन्धित नगरपालिका, गाउँपालिका पुरयाइने तथा सँक्रमित भए आईसोलेशनमा पुरयाउनेछ ।
क्वारेन्टाइन स्टेशन निर्माणको लागि धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, सहायक प्रमुख जिल्ला अधिकारी सरद कुमार पोख्रेल, प्रहरी उपरीक्षक एपसी रमेश बसनेत, कर्णेल गजेन्द्र रावल, रेडक्रस जिल्ला शाखा धनुषा सभापति नरेस प्रसाद सिंह र अनुसन्धानका एसपी रमेश डँगोल लगायतले अनुमगन गरेका हुन् ।
भारतबाट नेपाल आउन चाहनेहरुले आफ्नो गाउँपालिका वा नगरपालिकाका मेयर वा वडाध्यक्षसँग सम्पर्क गरी आफ्नो विवरण टिपाउन सक्ने छ । घरमा फोन गरी पनि अभिभावकको मार्फत तथ्याँक सँकलन गर्न सक्नेछ ।
विहानै आउनेलाई विहान १० बजे तथा दिनभरिमा जम्मा भएका मान्छेहरुलाई साँझ ६ बजे गरी दुई टाईम बस सेवा सँचालन गरी ल्याइनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…