लकडाउनले आहत भएकाहरुलाई समाजसेवी देवीको राहत
समाजसेवी देवी नेपाल कम्युनिस्ट पार्टी, सर्लाहीका जिल्ला कार्य समिती सदस्य समेत छिन् ।
२०७७ जेठ ३ शनिबार, राति ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ईस्लाम धर्मलाम्बीहरु पवित्र पर्व रमजानलाई मध्यनजर गर्दै समाजसेवी अनिता देवीले राहत बाँडेकी हुन् ।
कोरोना भाइरसका कारण जारी लकडाउनबाट पीडित परिवारहरुलाई गोडैता नगरपालिका प्रमुख प्रत्यासी एवं समाजसेवी अनीता देवीलले मल्हम लगाउने काम गरेकी हुन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा छाक टार्न समस्या भएका अति बिपन्न मुस्लिम परिवारहरुलाई आफनो धार्मिक रोजा विना बाधा सफल गरुन उद्देश्यका साथ नगरपालिकाको सबै मुस्लिम बाहुल्य वडामा ईफतारी खाधान्न वितरण गरिएको हो ।
नेपाल बंग्लादेश मेडिकल वेल्फेयर सोसाईटीको सहकार्यमा भएको राहत वितरणमा ५२ दिन देखि जारी लकडाउनका कारण काम तथा मजदुरी गर्न नपाएर पैसाको समस्याले छटपटिरहेका परिवारहरुलाई राहत वितरण मार्फत सेवा यो एउटा सानो सहयोग रहेको सोसाईटीका अध्यक्ष रजनिस यादवले बताएका छन् ।
लकडाउनको अवधिमा आफनो नगरवासीलाई खाद्यान्न सामग्रीहरु पिडितहरुको धरमै गएर वितरण गरिएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिईने समाजसेवी अनिता देवीले बताईन ।
साथै यनले यस अवधिमा घर भित्रै बसेर धार्मिक कार्य गर्न, अति आवश्यक कार्य बाहेक बाहिर सरकारले गरेको लकडाउनको पालन गर्न सबैमा अनुरोध समेत गरेको छ ।
यता, सोसाईटीका अध्यक्ष रजनिस यादवले भने— नेपाल सरकारले राहत वितरण लागि विभिन्न प्रयास गर्दा समेत गरीब तथा बिपन्न वर्गको पहुँच भन्दा बाहिर रहेको परिवारलाई समेट्ने उद्येश्यले राहत वितरण गरिएको बताए ।
यस अघि पनि समाजसेवी देवीले सर्लाहीमा अशहायहरुको उपचार, मानसिक सन्तुलन गुमेकाहरुको उद्धार गर्दै आएको छ । समाजसेवी देवी नेपाल कम्युनिस्ट पार्टी, सर्लाहीका जिल्ला कार्य समिती सदस्य समेत छिन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सुदिप शर्मा
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…