प्रदेश २ मै फेरी ४ सँक्रमित फेला, ३६ जना निको पनि भए
सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जनाएका छन् ।

२०७७ जेठ ३ शनिबार, बिहान १०:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मै आज फेरी पनि थप ४ जनामा कोरोना भाइरस रहेको पुष्टि भएको छ ।
सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जनाएका छन् ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाए अनुसार प्रदेश नं. २ मा ४ जना सहित अन्य ठाउँ गरी ६ जनामा नयाँ सँक्रमण पुष्टि भएको हो ।
विहान १० बजे गरिएको अपडेट अनुसार, कोभिड–१९ का पुष्टी भएकाहरूको जम्मा संख्या २७३ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या ६ रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ सँक्रमण वर्दिया, नार्खु–११ निवासी २६ वर्षीय महिला, सिरहा सखुवा गाउँपालिका वडा नं. १ निबासी ३० वर्षीय पुरुष, पर्सा, विरगंज–१२ निबासी २८, २९ वर्षीय पुरुष, सर्लाही, रामनगर ४ निवासी १६ वर्षीय महिला, चितवन, गढौली–१ निवासी २५ वर्षीय महिला रहेका छन् ।
हाल सम्म प्राप्त बिवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ र सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…