जनकपुरः भारतमा फँसेका नेपालीहरुलाई एउटै नाकाबाट बसमा ल्याउने निर्णय !
धनुषाको अहिलेसम्म ३ जनामा कोरोना सँक्रमण भेटाएको हो भने धनुषा जिल्लाभरिमा ४ जनामा सँक्रमण भेटाएको हो ।

२०७७ जेठ २ शुक्रबार, राति ८:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा नाका सील भएपछि भारतमा बोर्डर पारी फँसका धनुषावासीलाई प्रशासनले ल्याउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषामा जिल्ला विपद व्यवस्थपन समितिको बसेको बैठकबाट नेपाल भारतको बोर्डरमा घेरिएका जिल्लावासीलाई आफ्नो जिल्ला ल्याउने निर्णय गरिएको हो ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् क्वारेन्टाइन व्यवस्थापन समितिका सँयोजक समेत रहेका शरद पोखरेलले सीमा पारी आएर बसेका धनुषावासीलाई सम्बन्धित पालिकामा पठाउने निर्णय गरिएको बताएका छन् ।
धनुषाको विभिन्न स्थानीय तहका नागरिकहरु सीमा पारी फँसेपछि अभिभावकहरुले स्थानीय जनप्रतिनीधिलाई दबाब दिएपछि धनुषा प्रशासनले सो निर्णय गरेको हो ।

यसको लागि धनुषाका मात्र एक नाकाबाट नागरिक ल्याउने निर्णय गरिएको हो । धनुषाको जटही नाकाबाट मात्र नागरिक ल्याउने जनाइएको छ ।
नेपाल भारत बोर्डरमा धनुषाको सीमा पर्ने ४९ किलोमिटरको क्षेत्रमा बीचको नाका पर्ने जटही नाकाबाट मात्र धनुषाका बासिन्दाहरु आउन सक्ने जनाइएको छ ।
“भोलीदेखि हामी गृहकार्य थाल्नेछौं । भारतमा सीमा पारी आएर बसेका नागरिकसलाई सकुशल जटहीबाट सम्बन्धित पालिकामा पठाउनेछौं । यसको लागि सवारीको व्यवस्था हामीले गर्नेछौं भने त्यस वापतको भाडा भने सम्बन्धित पालिकाले दिने निर्णय गरिएको छ ।”– सहायक प्रजिअ पोखरेलले भने ।
पोखरेलका अनुसार, जटही नाकामा क्वारेन्टाइन निर्माणको कार्य पनि शनिबारदेखि सुचारु हुनेछ ।
सम्बन्धित पालिकाहरुले आ–आफ्नो नगरभित्रको फँसेका व्यक्तिहरुको तथ्याँक सँकलन गरी तथ्याँक बुझाएपछि ल्याउने कार्य सुरु हुने जानकारी दिए ।

जटही नाकामै कोरोनाको हेल्प डेस्क राखेर समान्य व्यक्तिलाई गाडीमा राखेर सम्बन्धित नगरपालिका, गाउँपालिकामा पठाउने तथा सँक्रमित भएको पाइएमा स्बाब सँकलनको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाउने निर्णय गरिएको हो ।
ठिक भएकोलाई नगरपालिका, गाउँपालिकाको क्वारेन्टाइनमा पठाइने छ भने सँक्रमित पाइए आईशोलेसनमा पठाउने निर्णय गरिएको हो ।
उनले भने, –“कुन कुन नगरपालिकाको कति जना सीमा पारी आएर बसेका छन् उनीहरुको यथार्थ तथ्याँक आएपछि हामी बसबाट ल्याउनेछौं । आउने नागरिकको क्षमता हेरी क्वारेन्टाइन निर्माण गरिने छ ।”
उनीहरुलाई ल्याउनको लागि दिनमा दुई पटक बस सेवा सँचालन हुनेछ । विहान १० बजे र साँझ ६ बजे गरी दुई पटक बस सँचालन गरी सम्बन्धित पालिकामा पठाइने छ ।
त्यसको लागि सम्बन्धित नगरपालिकाको सम्पर्क व्यक्ति र क्वारेन्टाइनको सम्पर्क व्यक्तिसँग समन्वय गरी सम्बन्धित पालिकाले आफ्ना नगरभित्रका नागरिकलाई सकुशल र उत्तम व्यवस्थाप गर्नुपर्ने निर्णय समेत गरिएको जानकारी दिए ।
.jpg)
लकडाउन सहित सीमामा कडाई गरेपछि सयौं धनुषावासी नेपाल भारतको सीमामा फँसेको अनुमान गरिएको छ ।
लुकिछिपी आएर झन समस्या उत्पन्न गर्ने गरेको भन्दै प्रशासनले सबभन्दा राम्रो चेकजाँच गरी सकुशल ल्याउने मात्र एक उपाय सोचेर सो निर्णय गरेको हो ।
पोखरेलले सम्बन्धित नगपालिका, गाउँपालिकाका नागरिकहरुले आ–आफ्नो आफन्तहरुको बारेमा सम्बन्धित स्थानीय तहका मेयर, उपमेयर, वडाध्यक्षलाई जानकारी गराई तथ्याँक सँकलनमा मदत गर्न आग्रह समेत गरे ।
धनुषाको अहिलेसम्म ३ जनामा कोरोना सँक्रमण भेटाएको हो भने धनुषा जिल्लाभरिमा ४ जनामा सँक्रमण भेटाएको हो । एक जना भने काठमान्डौं बस्दै आएको बुझिएको छ । धनुषा जिल्ला पनि रेडजोनमा छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…