जनकपुरको थप १ जनामा कोरोना !
यसका साथै धनुषामा कोरोना सँक्रमितको सँख्या भने ५ पुगेको हो ।

२०७७ जेठ १ बिहीबार, राति ९:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा थप एक जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाए अनुसार जनकपुरकी एक १७ वर्षिय किशोरीमा कोरोना पोजिटिभ देखिएको हो । यससँगै धनुषामा कोरोना सँक्रमितको सँख्या ३ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमान्डौंमा गरिएको पिसिआर परीक्षणको क्रममा धनुषामा १ जना, काठमान्डौंमा १ जना तथा धादिँगमा समेत १ जना गरी ३ जना नयाँ सँक्रमित भेटाएको हो ।
यससँगै नेपालमा कोरोना पोजिटिभको सँख्या अहिलेसम्म २ सय ४९ पुगेको छ । सो मध्ये ३५ जना निको भएर घर समेत फर्केका छन् ।
बुधबार मात्र जनकपुरमा २ जनामा कोरोना सँक्रमण भेटिएको थियो २ जना महोत्तरी जिल्ला निवासीमा भेटिएको थियो । सँक्रमित सबै धनुषामै बसोवास गर्दै आएको छ ।
यसका साथै धनुषामा कोरोना सँक्रमितको सँख्या भने ५ पुगेको हो । २ जना महोत्तरीको भएपनि धनुषामै बसोवास गर्दै आएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…