दिल्लीबाट जनकपुर आए एक 'जमाती'
बोर्डरमा कडा सुरक्षा भनिएपनि राती लाईन कटेको बेलामा भारतबाट नेपाल छिर्ने गरेको देखिएको छ ।

२०७७ जेठ १ बिहीबार, दिउँसो ४:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारतको सीमामा सुरक्षा थपिँदै जाँदा पनि भारतको दिल्लीबाट एक जमाती जनकपुर आएका छन् ।
बोर्डरमा प्रहरीको उच्च निगरानी रहेपनि गत मँगलबार राती नै दिल्लीबाट लुकिछिपी आएको हो । उनी धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका हुन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवा टोल बस्ने उनी आफू दिल्लीमा भएको मुस्लिमहरुको तबलिगी जमातमा भाग लिएर आएको स्वीकारेका छन् । बोर्डरमा टाईट सुरक्षा भएपनि कसरी आए भन्नेबारे स्थानीय जनप्रतिनीधि पनि अलमलमा छन् ।
क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पँजियारका अनुसार गत मँलबार नै उनी भारतको दिल्लीबाट आएको तथा आफू जमातमा समेत भाग लिएको स्वीकारेको बताएका छन् ।
मेयर पँजियारका अनुसार, यसको लागि प्रशासनलाई हिजै (बुधबार) देखि नै टेस्टको लागि पहल गरिएपनि कुनै चासो नलिएको आरोप लगाएका छन् ।
यता, जिल्ला प्रशासन कार्यालयले उनको पहिचान भएको तथा अहिले क्षीरेश्वनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेको भन्दै तुरुन्त टेष्टको लागि जनकपुर ल्याउने तयारी भईरहेको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले प्रशासन मात्र समन्वय गर्ने तथा स्वास्थ्यले उनलाई ल्याउने तथा परीक्षणको तयारी गर्ने बताए ।
बोर्डरमा कडा सुरक्षा भनिएपनि राती लाईन कटेको बेलामा भारतबाट नेपाल छिर्ने गरेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…